नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6323 · वि.सं. २०५४
नि.नं. 6323 — घर उठाई चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदन अदालत नियमावली, २०४९ को नियम ४२(१) मा पुनरावेदक वा प्रत्यर्थीले चाहेमा तारेखमा नवसे पनि हुने व्यवस्था रहेको भए पनि तारेखमा वसी वारेस दिई वारेस समेतले तारेख लिई रहेकोमा वारेसले तारेख गुजारी सकेपछि उक्त नियम ४२(१) को व्यवस्था वमोजिम पुनरावेदकले नै तारेखमा नवस्न चाहेको भन्न नमिल्ने । § पुनरावेदक वा विपक्षलाई प्राप्त तारेखमा वस्न नपर्ने सहुलियत निजहरुले तारेखमा वस्न पठाएको वारेसले आफूखुशी उपभोग गर्न सक्ने कानूनी आधार नभएको र निजले पाएको वारेसनामाको शर्त वमोजिम तारेखमा वसी मुद्दा पुर्पक्ष गर्ने दायित्व वारेसले पूरा नगरी तारेख गुजारेमा त्यसको परिणाम वारेसनामा दिई पठाउने पक्षले स्वतः व्यहोर्नु पर्ने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6323 |
|---|---|
| मुद्दाको विषय | घर उठाई चलन । |
| निर्णय वर्ष / मिति | 2053/09/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदार नाथ उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6323 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
