नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6307 · वि.सं. २०५४
नि.नं. 6307 — नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) अनुसार उत्प्रेषण मिश्रित परमादेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ करको विभिन्न रुप हुन्छ । आर्थिक ऐनमा नै कतै दस्तुर कतै महशुल कतै कर र कतै शुल्क भन्ने उल्लेख भएको पाइन्छ । आर्थिक ऐनमा उल्लेखित यी सवै दस्तुर महसुल शुल्क करको रुप हुँदा यसलाई कर होईन अन्यथा हो भन्ने स्थिति छैन । (प्र.नं. १४) § निवेदकलाई औद्योगिक व्यवसाय ऐनले भन्सार महसुलसम्म छुट दिएको छ । अन्य कुनै शुल्क लगाउन र असूल गर्न नपाउने गरी उक्त ऐनले कुनै बन्देज लगाएको पाईन्न । कानूनले जुन कुराको सुविधा दिएको छ सो सुविधासम्म अपहरण नहुने हो । (प्र.नं. १४) § भन्सार शुल्क उठाईएको वस्तुमा अन्य कुनै शुल्क लाग्न सक्दैन भनी ऐनमा वन्देज छैन, कानूनद्वारा कर लगाउन र उठाउन संविधानले अधिकार प्रदान गरेकोमा विवाद देखिन्न । यस्तो अवस्थामा निकासी सेवा शुल्क लगाउने र उठाउने व्यवस्था Colourable छ भन्ने स्थिति नहुने । (प्र.नं १४) § निकासी सेवा शुल्क भन्ने शव्द रहेवाट निवेदकलाई निकासी शुल्क लिए वापत सेवा पुर्याउनु पर्ने सो पुर्याएको छैन भन्ने सन्दर्भमा विचार गर्दा उक्त औद्योगिक व्यवसाय ऐनमा निकासी सेवा शुल्क वापत सेवा प्रदान गरिनेछ भन्ने कतै उल्लेख भएको पाइदैन । कानूनले जुन कुराको दायित्व सुम्पिएको छैन सो पाउनु पर्छ भन्न नमिल्ने । (प्र.नं. १५) § निकासी सेवा शुल्क लगाएवाट निकासी उद्योग व्यवसायलाई प्रतिकूल असर पर्छ र श्री ५ को सरकारको हालको आर्थिक एवं औद्योगिक नीतिसँग मेल खांदैन भन्ने हकमा यो श्री ५ को सरकारको नीतिगत कुरा हो । अदालतले यस्तो आर्थिक नीति अपनाउनु पर्छ भन्ने स्थिति नहुने । (प्र.नं. १५) § आर्थिक ऐन कानूनले प्रदान गरेको अधिकार वमोजिम निकासी सेवा शुल्क लगाएकोले सो अवैध छ भन्न मिल्दैन । उक्त कानून वमोजिम निकासी सेवा शुल्क लगाइने र असूल गरिने हुँदा उक्त निकासी सेवा शुल्क उठाउने वेग्लै निकाय रहेको नदेखिए पनि कानूनवाट उठाउने अधिकार दिएको त्यस्तो निकासी सेवा शुल्क श्री ५ को सरकारले आफ्नो सुविधा अनुसार कुनै अडडवाट उठाउने सक्ने हुँदा रिट जारी हुने स्थिति नदेखिने । (प्र.नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6307 |
|---|---|
| मुद्दाको विषय | नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१)(२) अनुसार उत्प्रेषण मिश्रित परमादेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2053/05/20 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6307 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
