नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6310 · वि.सं. २०५४
नि.नं. 6310 — उत्प्रेषणयुक्त जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदक छात्रवृती प्राप्त गरी अध्ययन गरी फर्केपछि ५ वर्षसम्म काम नगरेको तथ्यमा विवाद देखिएन । श्री ५ को सरकार तर्फवाट छात्रवृती प्राप्त गर्नेले ५ वर्ष सरकारी सेवा गर्नुपर्ने कानूनी व्यवस्था समेत भएको देखियो । छात्रवृत्ती ऐन विपरीत ५ वर्ष काम नगर्ने व्यक्तिबाट रु. ५०,०००। असूल गर्ने निर्णय गर्न सक्ने कानूनमा व्यवस्था भएको देखिन्छ । सो विगो निर्धारण सम्वन्धमा मात्र कुनै अदालतमा उजूर गर्न नपाउने कुरा उक्त ऐनको दफा ७(५) ले व्यवस्था गरेको हुँदा कानूनी वैधतामा अदालतमा प्रश्न उठाउन नपाउने भन्ने अर्थ गर्न नमिल्ने । (प्र.नं.११) § कानूनमा तोकिए बमोजिमको विगो कायम गर्न सबूद प्रमाण बूझ्नू पर्ने नभएको, यस्तो यान्त्रिक प्रकृतिको कार्य गरेको सम्वन्धमा न्यायिक तवरबाट पुनः विचार गरी रहनु पर्ने अवस्था नपर्ने हुँदा यस्तो प्रकृतिको कार्यको सम्वन्धमा अदालतमा उजूर नलाग्ने ठाडो कारवाहीको रुपमा रहने देखिन्छ । उदाहरणार्थ ट्राफिक प्रहरी लगायतले तोकेको सवारी नियम पालन नगरेमा जरिवानाको संजाय गर्न सक्ने लगायतका कानूनी व्यवस्थामा अदालती तौर तरीका अपनाइरहनु नपर्ने खास खास विषयमा जरीवाना गर्न सक्ने अन्य नेपाल कानूनको परीपे्रक्ष्यमा अदालतबाट मात्र जरीवाना गर्न मिल्ने अन्य निकायले जरीवाना गर्न नमिल्ने भन्न युक्तिसँगत नदेखिने । (प्र.नं. ११) § निवेदकको राजिनामा स्वीकृत गर्दा नै छात्रवृती ऐन बमोजिम कारवाही गर्ने कुरा उल्लेख भएको त्यसरी राजिनामा स्वीकृत गरे तर्फ निवेदकले कुनै विवाद उठाएको नदेखिएकोबाट छात्रवृती प्राप्त गरी फर्केपछि ५ वर्षसम्म काम गर्नु पर्ने कानूनी कर्तव्य पालन गर्नु पर्नेमा नगरेको कुरा राजिनामा दिएबाट समेत प्रष्ट हुन आउँदछ । तसर्थ निवेदकबाट छात्रवृती ऐन अनुसार विगो र जरीवाना असूल गर्ने गरेको श्री ५ को सरकारको निर्णय कानूनी त्रुटीपूर्ण भन्न नमिल्ने । (प्र.नं. ११, १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6310 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2053/01/13 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6310 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
