नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6322 · वि.सं. २०५४
नि.नं. 6322 — निषेधाज्ञा ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ यो मितिमा नगरपालिकावाट यो यस्तो निर्णय भएको भन्ने प्रमाण नभई पत्रहरु सम्म आदान प्रदान भएको देखिन्छ । लिखित जवाफमा आदेश दिएको भनेकै भरमा पुनरावेदन लाग्ने प्रकृतिको फैसला वा अन्तिम आदेश भएको भन्ने नदेखिंदा पुनरावेदन नगरेको भन्ने भनाई युक्तिसँगत नदेखिने । § ढल नाला आदि निर्माण गर्दा कसैको हक भोगको जग्गा पर्न आएमा कानूनको रीत पुर्याई मात्र जग्गा प्राप्त गर्न सकिन्छ । अन्यथा कसैको हकको जग्गा लिन खोज्नू कानूनसँगत नहुने । § निवेदकको हकको घर जग्गा भएको भन्ने कुरामा विवाद नभएको अवस्थामा निजको मन्जुरी वेगर वा कानून वमोजिम वाहेकको नागरिकको वासस्थान पूर्ण वा आंशिक रुपमा क्षति पुर्याउन नमिल्नेमा निवेदकको घरको भाग भत्काउने आशंकाको स्थिति पूर्ण रुपमा देखिंदा निवेदकको घर भत्काउने कार्य नगर्नु भन्ने विपक्षीको नाउँमा निषेधाज्ञाको आदेश जारी हुने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6322 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा । |
| निर्णय वर्ष / मिति | 2053/12/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6322 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
