नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6314 · वि.सं. २०५४
नि.नं. 6314 — उत्प्रेषण मिश्रित परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मेरो नाम दर्ताको जग्गाको केही खण्डमा मैले नै रोपेको रुख काट्न जांदा विपक्षी समितिले प्रतिवाद गरेकाले कैलाली जिल्ला अदालतमा पृथक उजुरी दिएको छु भन्ने रिट निवेदन लेखलाई लिएर लिखित जवाफमा सोही मुद्दाबाट निरोपण हुने भन्ने जिकिर लिएको पाइन्छ । रिट निवेदकले जग्गा सट्टा भर्ना पाउँ भन्ने विषयको फिराद नभएर सो मा रोपिएका रुखका सम्वन्धमा सम्म दावी जिकिर लिएको देखिंदा सो मुद्दाबाट रिट निवेदनमा उल्लेख भए वमोजिम विवादको टुंगो लाग्ने स्थिति भएन । तत्कालिन नेपालको संविधान, २०१९ को धारा १५ मा कानून वमोजिम वाहेक कुनै पनि व्यक्तिको सम्पत्ति अपहरण हुने छैन भनी र हाल नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १७ ले सम्पत्तिको हक सुरक्षित गरेको छ । (प्र.नं. १५) § रिट निवेदकले आफ्नो जग्गा सट्टा भर्नाका लागि टिकापुर विकास समितिमा निवेदन दिई आफ्नो अधिकार प्राप्तिको लागि प्रयत्नरत रहि आएको र सो सम्वन्धमा हालसम्म कुनै आधिकारिक निर्णय नभएकोले टिकापुर विकास समितिको जिकिर वमोजिम रिट निवेदक दुषित मनासाय लिई विलम्व गरी आएको भन्न नमिल्ने । (प्र.नं. १६) § श्री ५ महाराजाधिराज सरकारबाट भएको वक्स निर्देशनका आधारमा निवेदकको उल्लेखित कित्ता जग्गाहरु टिकापुर विकास समितिमा आएको र त्यस्ता कित्ता जग्गाहरुको जमिन सोध भर्ना दिनु भन्ने कुरा सोही वक्स निर्देशनमा नै स्पष्ट रुपमा उल्लेख भै रहेकोले श्री ५ महाराजाधिराज सरकारबाट वक्स निर्देशनको विपरितको काम कारवाही अर्थहीन हुने र त्यस्तो वक्स भएको निर्देशनको विपरित अन्यथा हुन सक्ने स्थिति समेत नहुने । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6314 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित परमादेश |
| निर्णय वर्ष / मिति | 2053/08/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6314 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
