नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6327 · वि.सं. २०५४
नि.नं. 6327 — कुटपीट, लुटपीट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पेश हुन आएको घा जाँच केश फारमबाट वादीको आंखा, ओठ र पिठ्यूंमा घा चोट देखिएको र दुवै पक्षबाट वारदातलाई स्वीकार गरिएबाट दोहोरो कुटपिट भएको भन्ने कुरा स्पष्ट हुन आएको छ । यस अवस्थामा कुटपिट ठहर गरी संजाय गरेको पुनरावेदन अदालत नेपालगंजको इन्साफलाई अन्यथा भन्नु पर्ने अवस्था नदेखिने । § फैसलाको इन्साफ खण्डमा नै कसुर गरे नगरे वारे विवेचना र ठहर हुनु पछर्, फैसला खण्डमा कसुरको ठहर बारे केही बोलिदैन भने तपसिल खण्डमा संजाय तोकिनु कानूनसँगत हुन नसक्ने । § तपसिल खण्ड फैसला खण्डको पुरक हुने हुँदा ठहर खण्डमा कसुर ठहर नगरी तपसिल खण्डमा संजाय तोकेकोलाई इन्साफ मिलेको भन्न नमिल्ने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6327 |
|---|---|
| मुद्दाको विषय | कुटपीट, लुटपीट । |
| निर्णय वर्ष / मिति | 2053/07/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेक्ष्ठ | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6327 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
