नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6326 · वि.सं. २०५४
नि.नं. 6326 — मोहियानी हक कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कानून जे जस्तो छ सो वमोजिम गरी व्याख्या गर्नु पर्ने दायित्व अदालतको हुने । § कार्यविधि सम्वन्धी व्यवस्था प्रचलित कानून वमोजिम हुने हुँदा लगत प्रकाशन सम्वन्धी व्यवस्था नै समाप्त भएपछि सो प्रकाशन भए नभएको र त्यसको औचित्य समेत नहुने हुँदा लगत प्रकाशनको रीत वेरीततर्फ विचार गरी रहनु पर्ने अवस्था नै विद्यमान रहेको संझनु नपर्ने । (प्र.नं १२) § लगत प्रकाशनको आधार वाहेक सरजमीन समेतलाई मोहियानी समिति दाङले निर्णयाधार बनाएको पाइन्छ । भूमि सम्वन्धी नियम, २०२१ मा २०३९।२।३ को नवौ संशोधनले मोही सम्वन्धी विवादमा संधियार र स्थानीय व्यक्ति बुझी निर्णय गर्ने अधिकार समितिलाई प्रदान गरिएको पाइन्छ । सो वमोजिम संधियार सरजमीन व्यक्ति बुझी समितिले गरेको निर्णयलाई कानून विपरीत कार्यविधि अपनाएको भन्न नमिल्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6326 |
|---|---|
| मुद्दाको विषय | मोहियानी हक कायम । |
| निर्णय वर्ष / मिति | 2053/02/30 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५४, नि.नं. 6326 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
