नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6324 · वि.सं. २०५४

नि.नं. 6324 — विक्री वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घरको मुख्य व्यक्तिले गरेको व्यवहारलाई लेनदेन व्यवहारको महलको ८ नं. ले मान्यता दिनु पर्ने तात्पर्य संगोलको व्यवहार चलाउने जोसुकैले नगरुन, त्यस्तो लेनदेन कारोवारमा घरको मुख्य व्यक्तिको समेत सहिछाप हुनुपर्ने व्यवस्था गरेको प्रष्ट छ । लेनदेन व्यवहारको महलको ८ नं.वमोजिम घरको मुख्य व्यक्तिले व्यवहार गर्दा पनि अचल सम्पत्ति को विक्री व्यवहारको सम्वन्धमा सोही महलको १० नं. को पालना गर्नुपर्ने स्पष्ट छ । अर्थात लेनदेन व्यवहारको उक्त महलले मुख्य व्यक्ति संगोलको व्यवहारको सम्वन्धमा कानूनद्धारा चयन गरिएको व्यक्ति भए पनि निजले कानून छाडी विक्री व्यवहार गर्न पाउने देखिदैन निजले संगोलको व्यवहारको लागि ऋण लिंदा वा चल सम्पति नगदी जिन्सी इत्यादीको लेनदेन गर्दा संगोलको अरु अंशियारको मंजुरी चाहिने कानूनी वन्देज नभए पनि निजले अचल सम्पतिको वेचविखन वा कुनै किसिमको हक हस्तान्तरण गरी अरुलाई दिंदा लेनदेन व्यवहारको १० नं. को कानूनी वन्देजको पालना गर्नु पर्ने वाध्यता देखिन आउने । § घरको मुख्य व्यक्तिले संगोलको अंशियारको मंजुरी वेगर सगोलको अचल घर व्यवहार चलाउनु पर्ने कारण देखाई वेच विखन गर्न पाउने भएको भए लेनदेन व्यवहारको १० नं. लाई सोही महलको ८ नं. ले संकुचित गरेको अर्थ हुन जाने र संगोलको सवै अचल निजले आफूखुशी गर्ने हुने थियो । कानूनको सो अर्थ र अभिप्राय नरहेको प्रष्ट छ । तसर्थ संगोलको यी वादीले आफ्ना आमा र भाइको मंजुरी नै नलिई गरेको व्यवहारलाई उक्त महलको १० नं. को कानून वमोजिम रितपुर्वकको व्यवहार भएको मान्न नमिल्ने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6324
मुद्दाको विषयविक्री वदर ।
निर्णय वर्ष / मिति2053/08/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6324
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्