नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6321 · वि.सं. २०५४

नि.नं. 6321 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सरकार वादी हुने फौज्दारी मुद्दामा अदालतको अधिनमा मुद्दा गै सकेपछि अदालतको आदेश वेगर प्रहरीले कुनै तहकिकात गर्न पाउने कुनै कानूनी व्यवस्था देखिंदैन । अपराधसँग सम्वद्ध वस्तु बरामद गर्ने कार्य अनुसन्धानको कार्य भए पनि मुद्दा अदालतको अधिनस्थ भै सकेपछि अदालतको आदेश बेगर प्रहरी आफैले मुद्दा दायर हुन अघिको अवस्थामा जस्तो स्वतन्त्र रुपले अनुसन्धान गर्न नमिल्ने । § अदालतको आदेश वेगर अदालतमा मुद्दा दायर भैसकेपछि वन्दुक वरामद भएको भनि प्रहरी तर्फबाट मुचुल्का खडा गरी दुई दिन पछि प्रतिवादी शुक्रा धामीलाई पक्राउ गरेको प्रतिवेदन साथ संलग्न राखी पेश गरेको वरामदी मुचुल्काले कानूनी मान्यता पाउने अवस्था नदेखिने । § आफ्नो घरबाट वन्दुक बरामद भएको होईन, वन्दुक आफ्नो हैन भनि अदालत समक्ष प्र. शुक्रा धामीले वयान गरेको, निजको नाउँमा वन्दुक दर्ता पनि नदेखिएको, निजले वन्दुक लिएर हिडेको देखेको भन्ने कुनै प्रमाण नभएको कानूनी वरामदी मुचुल्का वाहेक अन्य प्रमाणबाट निजले नै बन्दुक प्रहार गरी मृतक वृहस्पतिलाई मारेको हो भन्ने ठोस र शंकारहित प्रमाणको अभाव देखिंदा पुनरावेदन अदालत जनकपुरले निज प्रतिवादी शुक्रा धामीलाई सफाई दिेन गरेको ईन्साफ मिलेको देखिंदा सदर हुने । (प्र.नं. ३३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6321
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2053/03/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6321
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्