नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6305 · वि.सं. २०५४

नि.नं. 6305 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्राइभेट र पव्लिक दूवै कम्पनी ऐन, २०२१ अन्तरगत संस्थापित हुने भएतापनि कम्पनी ऐन, २०२१ को दफा २ को खण्ड (ख) र (ग) अनुसार Public Limited र Private Limited को परिभाषामा मौलिक भिन्नता देखाइएको छ र यस्को गठनको उद्देस्य भिन्न भिन्न प्रकारका कम्पनी हुन सक्ने कुरा स्पष्टरुपमा देखिन आउँछ । प्रा. लि. को आयकर निर्धारण र छुट पाउने विषय प्राइभेट लिमिटेड कम्पनीहरु सवैका हकमा समानरुपमा लागु हुने कानूनी व्यवस्था भएको देखिन्छ । कानूनको समान संरक्षण भन्नाले सबैका लागि एउटै कानूनको परिकल्पना गर्न सकिदैन । त्यसैले प्राइभेट लिमिटेडलाई करको प्रयोजनको लागि छुट्टै वर्गमा राखी विधायिकाले त्यस्को प्राइभेट लिमिटेडवाट कर असूल गर्ने छुट्टै तरीका अपनाएकोलाई प्राइभेट पव्लिक कम्पनीमा असमान व्यवहार गरी कानूनको समान संरक्षण भएन भनी अर्थ गर्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. १०) § आयकर ऐन, २०३१ विशेष ऐन भएको त्यस्तो विशेष ऐनले गरेको व्यवस्थालाई कम्पनी सम्वन्धी समान कानूनको व्यवस्थाले अन्यथा गर्न नसक्ने हुँदा निवेदकको भनाई अनुसार समानताको हक हनन् भएको भन्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. ११) § आयकर ऐन, ०३१ को दफाहरु संविधानसँग वाझिएको भन्नु मात्र पर्याप्त हुँदैन । वाझिएको स्पष्ट आधार र कारण दिन सक्नु पर्दछ । त्यस्तो वाझिएको स्पष्ट आधार र कारण रिट निवेदकले दिन नसकेको हुँदा रिट निवेदन खारेज हुने । (प्र.नं ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6305
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2052/10/18
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6305
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्