नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6306 · वि.सं. २०५४

नि.नं. 6306 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी दावी प्रमाणित गर्ने दायित्व वादी पक्षको हुन्छ । वादी तर्फबाट आफ्नो दावी अनुसारको वारदात भएको भन्ने तथ्य स्थापित हुन नसकेको मात्र नभई मुलुकी ऐन ज्यान सम्वन्धी महलमा रहेको व्यवस्थातर्फ ध्यान पुग्न सकेको पाइदैन । अनुसन्धान तहकिकात गरी सही तथ्य प्रमाणित गराउनु पर्ने दायित्व बोकेको वादी श्री ५ को सरकार तर्फबाट पर्न आएको प्रहरी प्रतिवेदन अवस्था र स्थिति अनुसार मिलेको भन्ने स्थिति छैन । प्रतिवादी मध्यकी सासु नाताकी ऋषुमाया तिमिल्सिना विरुद्ध अभियोग दावी लिई आएको भए पनि सफाई दिए उपर पुनरावेदन गर्न नसकी वादी पक्षबाट ऋषुमायाले पाएको सफाईलाई सकारी बसेको स्थिति पनि देखिन्छ । सफाई पाएकी ऋषुमायाको यस वारदातमा सम्लग्नता रहेछ भन्न सकिने अवस्था अब देखा परिरहेको छैन । अतः अपुरो र कमजोर अनुसन्धान तहकिकात एवं आफूले लिएको दावी समर्थित गराउन नसकेको वादीको भनाई सत्य रहेछ भनी अनुमान गर्न नमिल्ने । (प्र.नं. ३२) § शंकाको सुविधा अभियुक्तले पाउने र वादी दावी नै नभएको कुरामा अदालत आफैले अनुमान गरी निष्कर्षमा पुग्न प्रचलित कानून एवं यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतबाट मिल्ने नदेखिने । (प्र.नं. ३२) प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यान सम्वन्धी महलको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेको स्थितिमा पुनरावेदन नै नगरी वस्ने चिरन्जीवी पौडेलको हकमा समेत अ.वं. २०५ नं. वमोजिम विचार गर्नु पर्ने हुन आएबाट त्यसतर्फ विचार गर्दा ज्यान सम्वन्धीको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेकाले प्रतिवादी चिरन्जीवी पौडेलले अभियोग दावी वमोजिम कसुर गरेको भन्न नमिल्ने । (प्र.नं. ३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6306
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2053/10/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय र कर्तव्यबाट मृत्यु भएको  भन्ने थप परीक्षण प्रतिवेदन व्यहोराबाट देखिन आउने र सोही शव परीक्षण प्रतिवेदककै आधार लिई प्रहरी प्रतिवेदनबाट कारवाही सजायको माग गरेको देखिनाले  निज विश्वकला सँग मर्ने सरस्वतीको  कुटपिट झगडा हुँदाकै अवस्था डोरीले घांटी कस्ने कार्य समेत भै सरस्वती कर्तव्यबाट मरेको हुन भन्ने प्रमाणित हुन आएकोले ज्यान सम्वन्धी महलको १४ नं. को माग दावी हुँदा प्रहरी प्रतिवेदन माग दावी  अनुसार ज्यान सम्वन्धी महलको १४ नंं  वमोजिम सजाय हुने ठहर्याएको शुरु सदर गरेको गण्डकी अंचल अदालतको इन्साफ मुनासिव ठहराएको म.क्षे.अ. को इन्साफ मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको छुट्टै राय भएको मिति २०५१।४।२४ को रायवाझी फैसला । | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय सदर होस भनी वहस जिकिर प्रस्तुत गर्नु भयो । त्यस्तै प्रत्यर्थी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री देवशरण प्रसादले लाश प्रकृति मुचुल्का र पोष्टमार्टम मिलेकै छ । घटना देख्ने चश्मदिद अम्विका देवी र कालीमाया भएको यिनीहरुको वयान तथ्य कुरामा फरक छैन । मृतक सँग प्रतिवादीहरुको लुछालुछ मात्र भएको होइन कुटपिट समेत भएको हो । लाश प्रकृति मुचुल्का समेतबाट कुटपिट गरी मृत्यु भएको देखिन आउने हुँदा प्रतिवादीलाई  ज्यान सम्वन्धी महलको १४ नं. अनुसार सजाय गरेको फैसला सदर हुने ठहराएको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय सदर होस भनी गर्नु भएको वहस जिकिर समेत सुनियो । | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठको राय मनासिव ठहर्छ । प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यान सम्वन्धी महलको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेको स्थितिमा पुनरावेदन नै नगरी वस्ने चिरन्जीवी पौडेलको हकमा समेत अ.वं. २०५ नं. वमोजिम विचार गर्नु पर्ने हुन आएबाट त्यसतर्फ विचार गर्दा ज्यान सम्वन्धीको १४ नं. को कसुर वारदात नै स्थापित हुन नसकेकाले प्रतिवादी चिरन्जीवी पौडेलले अभियोग दावी वमोजिम कसुर गरेको भन्न नमिलेबाट ज्यान सम्वन्धी महलको १४ नं. वमोजिम १० वर्ष कैद हुने ठहराएको शुरु तनहुँ जिल्ला अदालत  गण्डकी अंचल अदालत तथा पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुन्छ र प्र. चिरन्जीवी पौडेलले अभियोग  दावीबाट  सफाई पाउने ठहर्छ । अरु तपसील वमोजिम गर्नु ।
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6306
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्