नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6312 · वि.सं. २०५४

नि.नं. 6312 — संविधानको धारा २३, ८८ (१) (२) वमोजिम उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ऐन नियमका सामान्य व्यवस्थालाई अपवादित गर्ने गरी प्रतिवन्धात्मक वाक्यांश पनि ऐन नियममा राख्न सकिने नै हुन्छ । (प्र.नं. १०) § राष्ट्र वैंकमा नव प्रवेशीका लागि र विज्ञापित पद भन्दा एक तह मुनि काम गर्ने सबै प्रकारका व्यक्तिका लागि समान योग्यता नै निर्धारित हुनुपर्दछ । अनुभवलाई शैक्षिक योग्यताको परिपूरक गराउन मिल्दैन भन्न वा जुन संस्थाका लागि कर्मचारी नियुक्ति गर्न लागेको हो, त्यस संस्थाका कर्मचारीलाई शैक्षिक योग्यता केही फरक व्यवस्था गर्न हुदैन भन्ने कुनै खास कानून वा कानूनी सिद्धान्त रहेको देखिदैन । समानताको सिद्धान्त अनुसार समानहरुको बीच असमान हुन हुँदैन भन्ने हुँदा बैंकमा काम गरेका अनुभव प्राप्त व्यक्ति र नवप्रवेशी व्यक्तिहरुलाई समान अवस्थाका भनी मान्न नमिल्ने । (प्र.नं. १०) § राष्ट्र बैंकमा ५ वर्ष काम गर्ने कर्मचारीलाई स्नातक शैक्षिक योग्यता तोकेका कर्मचारी वाहेकको व्यक्तिलाई असमान भयो भनी मान्न मिल्ने देखिन नआउने । (प्र.नं. १०) § खुल्ला प्रतियोगितामा जस्ले परिक्षामा तूलनात्मक रुपमा राम्रो गर्दछ उही उत्तिर्ण हुने हुन्छ परिक्षामा सामेल हुन पाउने कार्य स्वयं नै निर्णायक नहुने प्रकृतिको हुने हुँदा ५ वर्ष राष्ट्र बैंकमा काम गरेको अनुभवी व्यक्ति स्नातक भए पनि खुल्ला प्रतियोगितात्मक परिक्षामा भाग लिन पाउने भन्ने नेपाल राष्ट्र बैंक कर्मचारी नियमावली, २०४९ को नियम १६(१) (क) र सो को प्रतिवन्धात्मक वाक्यांशको खण्ड (क) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) सँग वाझिएको भन्ने कुराको वस्तुगत आधार नदेखिंदा अमान्य घोषित गर्न नमिल्ने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6312
मुद्दाको विषयसंविधानको धारा २३, ८८ (१) (२) वमोजिम उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2053/10/24
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6312
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्