नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6311 · वि.सं. २०५४

नि.नं. 6311 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकको मिति २०४९।८।१६ को निवेदन अनुसार नै २०५२।८।२८ मा स्वेच्छिक अवकास दिने निर्णय गरेको र सो अवकास २०४९।८।१८ देखि लागू हुने गरी निर्णय भएको समेत हुँदा संशोधन पछि स्वेच्छिकको निवेदन परी कार्यवाही भएको अवस्था नभै २०४९।८।१६ बाट कार्यवाही चली अन्तिम टुंगोसम्म ०५२।८।२८ मा भएको निरन्तरताको स्थिति हुँदा संशोधित नियम अनुसार निवृत्तिभरण पाउने भन्न मनासिव नदेखिएको कुरा संयुक्त इजलासबाट मिति २०५३।८।१८ मा फैसला हुँदा संशोधन अघि प्रारम्भ भएको कार्यवाहीमा संशोधनको कार्य विधिगत अंक गणना गर्ने कार्यविधि लागू नहुने भन्ने राय पनि व्यक्त भएको देखिन समेत आएको छ । तर वैंकले खाई पाई आएको र आखिरी तलव एउटै भन्ने जिकिर लिई विवाद उठाएको देखिन आएन । वैंकतर्फबाट संशोधनपछि निर्णय भएको हुँदा सो संशोधित नियमले तोके अनुसार निवृत्तिभरणको रकम पाउने हो भन्ने सम्म विवाद उठाएको तर कार्यवाही पुरानै नियम अनुसार प्रारम्भ भैसकेको टुंग्याउनसम्म संशोधन पछिको नियम अनुसार टुंग्याएको देखिदा मुख्य विवाद संशोधन अघिको वा पछिको निवृत्तिभरणको अंक एकिन हुने भन्ने विवादसम्म देखिदा आखिरी तलव र खाइपाई आएको तलवको सम्वन्धमा विवेचना गरी रिट खारेज गर्ने गरेको मिति २०५३।८।१८ को निर्णय नमिल्ने । (प्र.नं. १३) § सुविधा सम्वन्धी कुरा सारवान विषय भएकाले जुन वखतमा अवकास दिने कार्य भएको हो कानून पनि सोही वखत प्रचलनमा रहेको लागू हुने हुँदा मिति २०५२।८।२८ को नेपाल वैंक लिमिटेड संचालक समितिको निर्णय र २०५२।९।३ को पत्र अनुसार संशोधन पछिको नियमानुसार निवृत्तिभरणको रकम निर्धारण गरेको कानूनी त्रुटीपूर्ण हुने । (प्र.नं. १३) § संशोधन अगावैको नियमानुसार आखिरी तलबको अनुपातमा हिसाब गरी निवृत्तिभरण दिनु भनी नेपाल वैंक लिमिटेड केन्द्रीय कार्यालयका नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6311
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2054/01/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५४, नि.नं. 6311
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्