सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २२१ नजिर अभिलेखमध्ये पृष्ठ ९ / १०

नि.नं. 11032वि.सं. २०८०संयुक्त इजलास

( मूल्य अभिवृद्धि कर ९०६६र०६७०

मूल्य अभिवृद्धि कर (०६६/०६७)

हुने । कानूनले गर्नुपर्ने भनी निर्दिष्ट गरेको कुरा पालना नगरी अनुगमनका नाउँमा गरिएका काम कारबाहीले व्यक्तिको संविधान र कानून प्रदत्त हकको उल्लङ्घन गरेको प्रस्ट देखिने । ९प्रकरण नं। ५० पुनरावेदकका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री सविता शर्मा प्रत्यर्थीक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11031वि.सं. २०८०संयुक्त इजलास

निर्णय बदर

प्रत्यर्थीरवादी स् अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं जानाजान सार्वजनिक संस्थानको नोक्सानी हुने कार्य गर्ने र त्यसको जवाफदेहिता कुनै तेस्रो पक्षमा रहेको भन्ने देखाएर निर्णायक हैसियतमा रहेका पदाधिकारीले उन्मुक्ति पाउने कुरा सुशासनको मान्यताअनुकूल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11030वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

विशेष शिक्षा सञ्चलान गर्ने संस्थाले त्यहाँ काम गर्ने शिक्षक र कर्मचारीहरूको लागि सेवा, सर्त र सुविधाको सम्बन्धमा सोही संस्थाको विधान वा नियमावलीमा तोकिएको हुनुपर्ने भए तापनि नेपाल सरकारमा अनुदान रकम उपलब्ध गराउनुपर्ने दायित्व रहेकोले लामो अवधिसम्म सेवा गरेका क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11029वि.सं. २०८०संयुक्त इजलास

अंश

बाजेका हाँगाका व्यक्तिकै पालामा आफ्ना भतिजा तथा नातिहरूसमेतलाई बकसपत्रको माध्यमबाट जग्गा जमिनको स्वामित्व हस्तान्तरण भई आ-आफ्नो भाग हिस्सामा परेको जग्गा जमिन आ-आफ्नो नाममा जग्गाधनी पुर्जालगायतका स्रेस्ता खडा गरी भोग चलन गरी आएको अवस्थामा बाजेकै हाँगामा बन्डा भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11028वि.सं. २०८०संयुक्त इजलास

घर भत्काई टण्टा छोडाई बाटोसमेत खुलाइपाऊँ ।

व्यक्तिगत सम्पत्तिको संरक्षणमा जस्तो सार्वजनिक सम्पत्तिको संरक्षणमा यही नै व्यक्ति मात्र सरोकारवाला हुने भनी यकिन गर्न नसकिने । त्यस्तै व्यक्तिगत सम्पत्तिको संरक्षणमा जस्तो सार्वजनिक सम्पत्तिको संरक्षणमा कुनै व्यक्तिले निश्चित समयभित्र जागरूकता देखाइहाल्छ भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11027वि.सं. २०८०संयुक्त इजलास

अंश दर्ता

केही अंशियार भारतमा र केही अंशियार नेपालमा बसेको अवस्थामा वादी भारतमा बसेको भन्ने आधारमा निजको नेपालमा रहेको सम्पत्तिमा निहित अंशहकबाट वञ्चित गर्नु न्यायोचित नहुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11026वि.सं. २०८०संयुक्त इजलास

आयकर (२०६७/०६८)

पोसाक खर्चबापत प्राप्त रकमलाई पारिश्रमिक आयमा गणना गरी अग्रिम करकट्टी गर्दा कर्मचारीलाई एकमुष्ट कर नलगाई प्रत्येक कर्मचारीले पाएको पोसाकबापतको हुने रकमसमेत समावेश गरी व्यक्तिगत आय यकिन गरी ऐनबमोजिम पाउने छुटसमेत दिई करको गणना गर्नुपर्ने । (प्रकारण नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11025वि.सं. २०८०पूर्ण इजलास

सवारी ज्यान

कहिलेकाहीँ दुईपाङ्ग्रे सवारी साधन अति आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकको कारणले भन्दा पनि अन्य कुनै कारणले दुर्घटना हुन गएमा त्यस्तो दुर्घटनाको अवस्था र सवारी चलाउनुपर्ने बाध्यात्मक सन्दर्भसमेतका आधारमा न्यायकर्ताले न्यायिक विवेकको प्रयोग गरी उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11024वि.सं. २०८०संयुक्त इजलास

मिलापत्रबमोजिम रकम नदिएकोले दिलाइपाऊँ

अंशमा दुवै वादी प्रतिवादीको बराबर हक हुने तर ऋण चुक्ता गर्ने दायित्व वादीको मात्र हुने भन्नु न्यायसङ्गत नहुने हुँदा बैंकको ऋण चुक्ता गर्न रकम वादीले मात्र बुझाएको अवस्थामा प्रतिवादीको पनि उक्त ऋण तिर्ने वादीसरह बराबर दायित्व हुने भएकोले सगोलको सम्पत्ति बन्डा ल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11023वि.सं. २०८०संयुक्त इजलास

अंश चलन

उमेर पुगेका विवाहित छोराले अंश मागी छुट्टी भिन्न हुन खोजेपछि अंश भाग बराबरको नगद र चल सम्पत्ति दिई छुट्याइदिनुलाई तत्कालीन सामाजिक परिवेशअनुसार बन्डासरह मान्नुपर्ने । तत्कालीन समयको सामाजिक मान्यता, प्रचलन र चेतनाको स्तरसमेतका आधारमा हेर्दा गाउँ घरमा भएका घराय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11022वि.सं. २०८०संयुक्त इजलास

करार ऐन, २०५६ को दफा ८७ बमोजिम उपयुक्त आदेश जारी गरिपाऊँ ।

कम्पनीका सञ्चालक वा पदाधिकारीले जुन उद्देश्य वा प्रयोजनको लागि अख्तियारी प्राप्त गरेको हो सोही प्रयोजनका लागि मात्र उक्त अख्तियारी प्रयोग गर्नुपर्ने हुन्छ । निर्धारित उद्देश्यबाहेक अन्य उद्देश्य पूर्तिका लागि उक्त अख्तियारीको प्रयोग गरिएमा वा अख्तियारीभित्रको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11021वि.सं. २०८०संयुक्त इजलास

ज्यान मार्ने उद्योग

घटना विवरण तथा वस्तुस्थिति मुचुल्का, वादीका साक्षी, पीडितले गरेको बयान तथा बकपत्र एवं सह-अभियुक्तमध्येका व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको बयानले प्रतिवादी वारदात मितिमा सो स्थलमा रही वारदातमा संलग्न रहेको भन्ने तथ्य पुष्टि भइरहेको अवस्थामा प्रतिवादीले अन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11020वि.सं. २०८०संयुक्त इजलास

केही सार्वजनिक अपराध

बिगो दाबी गर्नेले लिएको दाबीको मात्र आधारमा बिगो भराउने हो भने दाबीकर्ताले वास्तविक क्षतिभन्दा बढी दाबी लिने अवस्थाको सिर्जना हुने । न्याय प्रदान गर्ने निकायलाई पीडितको क्षति भएको सम्पत्तिको बिगो भराउने अन्तिम निर्णय गर्ने मुख्य आधार प्रमाणित गर्न सो पुष्टि हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11019वि.सं. २०८०संयुक्त इजलास

जबरजस्ती करणी

पीडिताको शारीरिक परीक्षणमा कुनै घाउचोट नदेखिएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेकोमा जबरजस्ती करणीसम्बन्धी आधुनिक विधिशास्त्रले चोटपटक तथा सङ्घर्षका चिह्नहरूलाई मात्र कसुर स्थापित गर्ने सम्बन्धमा अत्यावश्यक ठान्ने गरेको नपाइने । यसका अलावा डर धाक धम्कीको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11018वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कोभिड १९ को महामारीको कारण विषम परिस्थिति सिर्जना भई देश बन्दाबन्दीको अवस्थामा गई जनजीवन नै ठप्प रहेको अवस्थामा बिरामी भई अस्पतालबाट डिस्चार्ज भएको व्यक्ति बन्दाबन्दीको कारण त्यो पनि कर्फ्युको समयमा ७ (सात) दिन कार्यालयमा उपस्थित हुन नसकेको अवस्थामा कारबाही नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11017वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

गाउँपालिका आफैँले बनाएको कार्यविधिअनुसार गाउँ शिक्षा समितिले निर्णय गरी काजसरूवा गर्नुपर्नेमा सो नगरी नभएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाको कार्यालयले काजसरूवा गरेको पाइने । स्थानीय तहले आफ्नो भौगोलिक क्षेत्राधिकारभित्र लागु हुने गरी कानून निर्माण गर्न सक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11016वि.सं. २०८०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणसमेत

तोकिएको समयावधिमा मुद्दा किनारा नलाग्दैमा अनिवार्य रूपमा थुनामा रहेका अभियुक्तलाई स्वतः धरौटी वा जमानत लिई साधारण तारेखमा राखी मुद्दाको कारबाही अगाडि बढाउने भन्ने नहुने । (प्रकरण नं.४) मुद्दा हेर्ने न्यायाधीशले नै निवेदकको अवस्था हेरी थुनामुक्त गर्ने वा नगर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11015वि.सं. २०८०संयुक्त इजलास

अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी

पीडित तथा जाहेरवालाले आफूले गरेको दाबी परिवर्तन गरी प्रतिकूल बकपत्र गरेको अवस्थामा अन्य प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कनबाट घटना भएको र घटनामा आरोपित व्यक्तिको संलग्नता रहेको पुष्टि हुने प्रत्यक्ष वा परोक्ष प्रमाण छन् भने जाहेरवाला वा पीडितको प्रतिकूल बकपत्रलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11014वि.सं. २०८०संयुक्त इजलास

फैसला बदर

राजमार्ग जस्तो संवेदनशील र राज्यलाई अत्यावश्यक पर्ने स्थलसँग जोडिएका जग्गाहरू कसैले अनधिकृत बसोबास गरेका आधारमा सुकुम्बासीहरूलाई बाँड्ने कार्य राज्यप्रतिको उत्तरदायित्वपूर्ण कार्य मान्न नमिल्ने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 11013वि.सं. २०८०संयुक्त इजलास

कर्तव्य ज्यान

प्रमाण पेस गर्ने जिम्मेवारी भएको पक्षले उचित कार्यविधि (due process) पुर्‍याएर पेस गरेको प्रमाण मात्र अदालतले स्वीकार गर्नुपर्ने । कानूनले नदिएको अधिकारको प्रयोग गरी, प्रक्रिया पूरा नगरी गराएको कागजलाई आधार मानी निजका विरूद्ध प्रमाणमा लिई कसुरदार ठहर गर्नु न्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11012वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषण / परमादेशसमेत

विश्वविद्यालय परिवारको मर्यादित पदमा रहेको सदस्यबाट आफूउपरको छानबिनमा आपत्ति जनाउनु, धम्कीपूर्ण भाषामा पत्रहरू लेख्नु र आफूभन्दा वरिष्ठ सोही सङ्कायको डिनउपर विद्यार्थीहरूलगायत अन्य व्यक्तिहरूका सामुन्ने कुटपिट, हातपात, गाली गलौजमा उत्रनुलाई अनुशासनहीन कार्य नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11011वि.सं. २०८०संयुक्त इजलास

उत्प्रेषणसमेत

बाबु वा आमामध्ये कसैको नामबाट नागरिकता लिन सक्ने व्यवस्था संविधान तथा ऐनमा भएपछि बाबुको नागरिकताको प्रमाणपत्र पेस नगरेको भए पनि आमाको नागरिकता राखी निवेदन दिन सक्ने । निवेदकले बाबुको नागरिकता पेस गर्न नसकेको भनी नागरिकताको प्रमाणपत्र प्रदान गर्न इन्कार गर्न नम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11010वि.सं. २०८०संयुक्त इजलास

हक कायमसमेत

कानूनतः मुद्दाको परिणामबाट असर पर्ने पक्षलाई नक्सा मुचुल्का गर्ने प्रक्रियामा सामेल गराउनु वा सामेल हुने मौका प्रदान गर्नु अनिवार्य हुने । एकैसाथ लगाउमा रही चलेको मुद्दामा असर पर्ने पक्षलाई जानकारीसम्म पनि नदिई एकपक्षीय रूपमा गरिएको नाप नक्सा मुचुल्कालाई कानून…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11009वि.सं. २०८०संयुक्त इजलास

आयकर

करदाता कम्पनीले उधारो बिक्री गरेको सामानको रकम समयमा नै असुल हुन सकोस् भन्ने उद्देश्यले गरेको सम्झौताको सर्तलाई आधार मानेर बाध्यात्मक रूपमा ब्याज असुल भएकै हुनुपर्ने भनी व्याख्या गरिनु मनासिब नहुने । भएको आम्दानीमा आयकर लाग्ने हो, सम्भावित वा अनुमानित लाभको कु…

नजिर सार पढ्नुहोस् →