नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11030 · वि.सं. २०८०
नि.नं. 11030 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
विशेष शिक्षा सञ्चलान गर्ने संस्थाले त्यहाँ काम गर्ने शिक्षक र कर्मचारीहरूको लागि सेवा, सर्त र सुविधाको सम्बन्धमा सोही संस्थाको विधान वा नियमावलीमा तोकिएको हुनुपर्ने भए तापनि नेपाल सरकारमा अनुदान रकम उपलब्ध गराउनुपर्ने दायित्व रहेकोले लामो अवधिसम्म सेवा गरेका कर्मचारीहरूको लागि सेवा निवृत्त भएपछि दिनुपर्ने सुविधाहरूको बारेमा शिक्षा नियमावलीमा तोकिएको छैन, दिनु नपर्ने भनी व्याख्या गर्नु तर्कपूर्ण नहुने । (प्रकारण नं. १५) कर्मचारीहरूलाई विद्यालयको आवश्यकताअनुसार ६० वर्ष उमेर नाघेपछि पनि काम लगाई रहेकोमा स्थायी रूपले लामो अवधि सेवा गरेपछि प्राप्त गर्ने सुविधा दिन इन्कार गरिनु भेदभावपूर्ण व्यवहार हुने । (प्रकारण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11030 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2079/08/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७७-WO-११०८ | ०७०-WO-०३५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11030 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
