नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11025 · वि.सं. २०८०
नि.नं. 11025 — सवारी ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
कहिलेकाहीँ दुईपाङ्ग्रे सवारी साधन अति आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकको कारणले भन्दा पनि अन्य कुनै कारणले दुर्घटना हुन गएमा त्यस्तो दुर्घटनाको अवस्था र सवारी चलाउनुपर्ने बाध्यात्मक सन्दर्भसमेतका आधारमा न्यायकर्ताले न्यायिक विवेकको प्रयोग गरी उचित न्याय प्रदान गर्नुपर्ने । (प्रकरण नं. १०) सवारी चालक अनुमतिपत्र नलिएको व्यक्तिले सवारी साधन चलाएको तर कुनै दुर्घटना नभएको अवस्थामा सवारी तथा यातायात ऐन, २०४९ को दफा ४५ को कसुर हुने र उक्त कसुरबापत दफा १६०(२) को खण्ड (ख) बमोजिम जरिवाना हुने अवस्था देखिने । त्यसरी सवारी साधन चलाई दुर्घटना नभएको अवस्थामा स्वतः लापरबाही भएको भन्ने अर्थ गर्न नसकिने । सवारी साधन चलाउनुपर्ने अति आवश्यक परेको र बाध्यात्मक अवस्थामा सतर्कता अपनाई कुनै गल्ती नगरी होसियारीपूर्वक दुईपाङ्ग्रे सवारी चलाएको अवस्थामा परिस्थितिवश वा अन्य व्यक्तिका कारण दुर्घटना हुन गएमा लापरबाही नै हो भनी कसुर कायम गर्दा न्यायिक विवेकको प्रयोग सही तवरले भएको मान्न नमिल्ने । वस्तुतः दुईपाङ्ग्रे सवारीको हकमा उल्लिखित अवस्थामा सवारी चलाएको रहेछ भने अपवादको रूपमा दुर्घटनाको समग्र परिस्थितिको मूल्याङ्कन गरी कानूनी व्यवस्थाको प्रयोग गरिनु न्यायोचित हुने । (प्रकरण नं. ११) दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल चलाउनै पर्ने आवश्यक परेको अवस्थामा सावधानीपूर्वक चलाउँदा चालकको कारण नभई अन्य कारणले दुर्घटना भई मानिसको मृत्यु भएमा त्यसलाई न्यायपूर्ण तरिकाले न्यायिक विवेकको प्रयोग गरी सजाय गरिनुपर्ने । सवारी चालक अनुमतिपत्र नरहेको भन्ने तथ्यलाई स्वतः लापरबाहीपूर्वक सवारी चलाएको अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11025 |
|---|---|
| मुद्दाको विषय | सवारी ज्यान |
| निर्णय वर्ष / मिति | 2079/11/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७७-CF-०००१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11025 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
