नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11028 · वि.सं. २०८०
नि.नं. 11028 — घर भत्काई टण्टा छोडाई बाटोसमेत खुलाइपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
व्यक्तिगत सम्पत्तिको संरक्षणमा जस्तो सार्वजनिक सम्पत्तिको संरक्षणमा यही नै व्यक्ति मात्र सरोकारवाला हुने भनी यकिन गर्न नसकिने । त्यस्तै व्यक्तिगत सम्पत्तिको संरक्षणमा जस्तो सार्वजनिक सम्पत्तिको संरक्षणमा कुनै व्यक्तिले निश्चित समयभित्र जागरूकता देखाइहाल्छ भन्ने अपेक्षा गर्न पनि नसकिने । कुनै व्यक्तिविशेषले सोबमोजिमको जागरूकता नदेखाइदिएको भन्ने मात्र कारणले सार्वजनिक सम्पत्तिको हिनामिना, दुरूपयोग वा अनधिकृत कब्जाले वैधता नपाउने । सार्वजनिक वा सरकारी सम्पत्तिको हकमा निश्चित अवधिभित्र नालिस दिए मात्र लाग्ने अन्यथा नलाग्ने गरी कुनै हदम्याद तोकिनु मनासिब नहुने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11028 |
|---|---|
| मुद्दाको विषय | घर भत्काई टण्टा छोडाई बाटोसमेत खुलाइपाऊँ । |
| निर्णय वर्ष / मिति | 2079/05/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७४-CI-०४८८ | ०७१-CP-०३६३ | ०७०-CP-०२६४ | ०६९-WO-०३०७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11028 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
