नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11018 · वि.सं. २०८०

नि.नं. 11018 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कोभिड १९ को महामारीको कारण विषम परिस्थिति सिर्जना भई देश बन्दाबन्दीको अवस्थामा गई जनजीवन नै ठप्प रहेको अवस्थामा बिरामी भई अस्पतालबाट डिस्चार्ज भएको व्यक्ति बन्दाबन्दीको कारण त्यो पनि कर्फ्युको समयमा ७ (सात) दिन कार्यालयमा उपस्थित हुन नसकेको अवस्थामा कारबाही नै गर्नुपर्ने उचित र पर्याप्त कारण देखिँदैन । प्रहरी नियमावली, २०७१ को नियम १०९ ले उचित र पर्याप्त कारण भएमा खराब आचरणमा विभागीय कारबाही गर्न सक्ने व्यवस्था गरेको देखिन्छ । कोभिड महामारीको कारण देशमा उत्पन्न असहज र प्रतिकूल अवस्थामा व्यक्ति एक स्थानबाट अर्को स्थानमा पुग्न नसकेको अवस्थालाई कारबाहीको निमित्त उचित र पर्याप्त कारण मान्न नसकिने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11018
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2078/10/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
मुद्दा नं.०७७-WO-१२७३
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11018
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्