नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11023 · वि.सं. २०८०
नि.नं. 11023 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
उमेर पुगेका विवाहित छोराले अंश मागी छुट्टी भिन्न हुन खोजेपछि अंश भाग बराबरको नगद र चल सम्पत्ति दिई छुट्याइदिनुलाई तत्कालीन सामाजिक परिवेशअनुसार बन्डासरह मान्नुपर्ने । तत्कालीन समयको सामाजिक मान्यता, प्रचलन र चेतनाको स्तरसमेतका आधारमा हेर्दा गाउँ घरमा भएका घरायसी व्यवहारका कागजहरू अड्डामा लगी रजिस्ट्रेसन नगर्नुलाई सामान्य नै मान्नुपर्ने । प्रमाणहरूबाट वादीका पिताले आफ्नो बाबुबाट अंश लिई छुट्टी भिन्न भएको पुष्टि भइरहेको अवस्थामा रजिस्ट्रेसन नभएको आधारमा मात्र अंशबन्डा नभएको अर्थ गर्न नमिल्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11023 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2079/07/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री भिमकुमार ओझा | माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा | माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र |
| मुद्दा नं. | ०६९-CI-०७४४ | ०६९-CI-१२६१ | ०७०-CI-१०४९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11023 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
