नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11015 · वि.सं. २०८०

नि.नं. 11015 — अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पीडित तथा जाहेरवालाले आफूले गरेको दाबी परिवर्तन गरी प्रतिकूल बकपत्र गरेको अवस्थामा अन्य प्रमाणको वस्तुनिष्ठ मूल्याङ्कनबाट घटना भएको र घटनामा आरोपित व्यक्तिको संलग्नता रहेको पुष्टि हुने प्रत्यक्ष वा परोक्ष प्रमाण छन् भने जाहेरवाला वा पीडितको प्रतिकूल बकपत्रलाई अस्वीकार गर्न सकिने । ९प्रकरण नं।५० पीडित र प्रतिवादीबिच बालविवाह भएको तथ्य स्थापित भइरहेको स्थितिमा निज पीडितको करणीसम्बन्धी स्वास्थ्य परीक्षण प्रतिवेदन एकल रूपमा जबरजस्ती करणीको निश्चयात्मक प्रमाण ९अयलअगिकष्खभ भखष्मभलअभ० हुन नसक्ने । ९प्रकरण नं।९० नेपाल सरकार वादी भई चल्ने फौजदारी मुद्दालाई देवानी मुद्दामा परिणत गर्न सकिने भए तापनि नेपाल सरकार वादी भई अनुसूचीको कुनै प्रकारको मुद्दालाई नेपाल सरकार वादी भई चल्ने अर्को प्रकारको अनुसूचीको फौजदारी मुद्दामा परिवर्तन गर्न सकिने । ९प्रकरण नं।१४० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान् अधिवक्ताद्वय श्री शंकरबहादुर राउत र श्री मुना दाहाल प्रत्यर्थी र वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11015
मुद्दाको विषयअपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी
निर्णय वर्ष / मिति2079/07/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री विदुर विक्रम थापा | माननीय न्यायाधीश श्री शालिग्राम कोइराला
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11015
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्