नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11019 · वि.सं. २०८०
नि.नं. 11019 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
पीडिताको शारीरिक परीक्षणमा कुनै घाउचोट नदेखिएको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेकोमा जबरजस्ती करणीसम्बन्धी आधुनिक विधिशास्त्रले चोटपटक तथा सङ्घर्षका चिह्नहरूलाई मात्र कसुर स्थापित गर्ने सम्बन्धमा अत्यावश्यक ठान्ने गरेको नपाइने । यसका अलावा डर धाक धम्कीको प्रयोग गरी गरिएको जबरजस्ती करणीमा पीडितले अवरोध गर्न सक्ने अवस्था नरहने हुँदा चोटपटक तथा अवरोधका चिह्न नपाइनु स्वाभाविक हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11019 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2079/02/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री विनोदमोहन आचार्य |
| मुद्दा नं. | ०७६-CR-१९३० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८०, नि.नं. 11019 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
