नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11021 · वि.सं. २०८०

नि.नं. 11021 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

घटना विवरण तथा वस्तुस्थिति मुचुल्का, वादीका साक्षी, पीडितले गरेको बयान तथा बकपत्र एवं सह-अभियुक्तमध्येका व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको बयानले प्रतिवादी वारदात मितिमा सो स्थलमा रही वारदातमा संलग्न रहेको भन्ने तथ्य पुष्टि भइरहेको अवस्थामा प्रतिवादीले अन्य ठोस प्रमाण पेस गरी अन्यत्र रहेको पुष्टि गर्न नसकेको अवस्थामा एक जना साक्षीले गरेको बकपत्रको आधारमा मात्र प्रतिवादीले लिएको अन्यत्र स्थल रहेको (alibi) को जिकिर विश्वसनीय नदेखिने । (प्रकरण नं.२) प्रतिवादीले ज्यान मार्ने मनसाय राखी पीडितको टाउको जस्तो अंगमा खुकुरी प्रहार गरेकोमा पीडितको घाउ घातक भनी घा जाँच केस फाराममा उल्लेख नभएको हुनाले मात्र प्रतिवादीको उक्त कार्य ज्यान मार्ने उद्योगजन्य थिएन भन्न नमिल्ने । ज्यान मार्ने उद्योगको कसुरमा मनसाय प्रमुख तत्त्वको रूपमा रहने हुनाले पीडितको घाउको प्रकृति वा परिणामले मात्र निर्णायक भूमिका नराख्ने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11021
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2079/08/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७१-CR-१३०१ | ०७२-CR-१७२०
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11021
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्