नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11029 · वि.सं. २०८०

नि.नं. 11029 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

बाजेका हाँगाका व्यक्तिकै पालामा आफ्ना भतिजा तथा नातिहरूसमेतलाई बकसपत्रको माध्यमबाट जग्गा जमिनको स्वामित्व हस्तान्तरण भई आ-आफ्नो भाग हिस्सामा परेको जग्गा जमिन आ-आफ्नो नाममा जग्गाधनी पुर्जालगायतका स्रेस्ता खडा गरी भोग चलन गरी आएको अवस्थामा बाजेकै हाँगामा बन्डा भएको छैन भन्न नसकिने । (प्रकारण नं. ११) घरमुलीबाट बकसपत्रका माध्यमबाट पैतृक सम्पत्ति प्राप्त गरी आ-आफ्नो भोग तथा व्यवहार गरी आएको र उक्त पुस्तामा अंशबन्डाको सम्बन्धमा कुनै विवाद खडा नभएको तथा हाल सो पुस्ताका व्यक्तिहरूको मृत्युसमेत भइसकेको अवस्थामा आ-आफ्नो जीवनकालमा आ-आफ्नो घर व्यवहार मिलाएर जीवन व्यतीत गरेको अघिल्लो पुस्ताको अंशबन्डा नै नभएको भन्ने कथन तर्कसङ्गत र न्यायोचित नदेखिने । (प्रकारण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11029
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2078/12/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना
मुद्दा नं.०७०-CI-०७२५
उद्धरण सन्दर्भने.का.प. २०८०, नि.नं. 11029
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्