प्रतिवादीले विवाह गर्छु भनेको कारण दुवैको सहमतिबाट पटकपटक शारीरिक सम्बन्ध भएको हो भनी पीडितले अदालतमा बयान गरेको देखिन्छ । यसरी लामो समयदेखि शारीरिक सम्बन्धमा रहेका, प्रतिवादी र पीडित सँगै गई पटकपटक गर्भपतन गराएको, होटल रेष्टुरेन्टमा भेटघाट गर्ने गरेको, प्रतिव…
व्यक्ति व्यक्तिबिचको व्यवहारबाट सिर्जित कसुरसम्बन्धी व्यवहार आपसमा मिलिसकेको अवस्थामा जरिवाना ठहर गरी राज्यको कोषमा राख्नु लोककल्याणकारी राज्यको मान्यता तथा सजाय निर्धारणसम्बन्धी मान्य प्रचलनका आधारमा न्यायसङ्गत नहुने । दायित्व रहेको व्यक्तिले उक्त दायित्व पू…
मौकामा घटना विवरण कागज गर्ने व्यक्तिहरू अदालतमा उपस्थित भई प्रतिवादीले घटना घटाएको होइन भनी बकपत्र गरेको देखिए पनि भौतिक एवम् वैज्ञानिक प्रमाणबाट स्थापित तथ्यलाई मौखिक प्रमाणले खण्डन गर्न सक्ने अवस्था नरहने । वारदात तथ्य र परिस्थितिले कहिल्यै झुट बोल्दैन तर सा…
बौद्धिक अपाङ्ग व्यक्तिले आफूले गर्ने कार्य एवं सोको परिणामप्रति सजग नरहने र आफूउपर भएको कुनै आपराधिक कार्यप्रति प्रतिकार गर्ने क्षमताको अभावसमेत हुने हुँदा पीडितले आफ्नो बौद्धिक क्षमताको अभावको कारण कुनै प्रतिकार नगर्दैमा र शारीरिक जाँच प्रतिवेदनमा शरीरमा सोको…
चेक बाउन्सको मुद्दामा मुख्यतः चेक काटिदिएको हो वा होइन, खातामा रकम नभएको कुरा बैंकले भनेको छ वा छैन, रकम नभएको कुरा जानकारी प्रतिवादीलाई थियो वा थिएन, मुद्दा चल्नुअघि रकम तिरेको देखिन्छ वा देखिँदैन यति नै कुरा हेरिने हो, के व्यवहार गरेको र के विश्वासमा चेक काट…
निवेदकलाई दिएको नियुक्तिपत्रमै नियुक्तिकर्ताको इच्छाअनुकूलताको सिद्धान्त (doctrine of pleasure) को प्रावधान राखी नियुक्ति दिएको छ भने सोही नियुक्तिकर्ताले पदमुक्त गर्दा त्यसमा doctrine of pleasure लागु हुँदैन भन्न नमिल्ने । (प्रकरण नं.४) मर्जरसम्बन्धी सङ्क्रमण…
कुनै जग्गा संयुक्त रूपमा दर्ता रहेको कुरालाई अंशबन्डा नभएको भन्ने कुराको निश्चयात्मक प्रमाण मान्न नमिल्ने । जग्गा संयुक्त रूपमा दर्ता रहनु र अंशबन्डा हुनु दुई फरक अवस्था हुन् । कुनै जग्गा वा सम्पत्ति एकभन्दा बढी व्यक्तिको नाममा संयुक्त दर्ता रहेको छ भने त्यस्त…
निवेदकलाई थुनाबाट छुट्नासाथ पुनः अर्को आरोप लगाई पक्राउ गरी बन्दी बनाउने कार्य अनुचित, अतार्किक, पूर्वाग्रहपूर्ण र प्रवृत्त धारणा रहेको देखिने । अदालतको आदेशले धरौट दाखिला गरी थुनामुक्त भएको र कहीँ साधारण तारेखमा राखी मुद्दाको कारबाही गर्ने गरी थुनामुक्त भएकोम…
कुनै व्यक्तिलाई भारततर्फ लगियो वा लगिँदैछ भन्ने कुराको आधारमा मात्र मानिसलाई बेच्नका लागि लगेको भनी निष्कर्ष निकाल्नु बिलकुल अनुचित, अतार्किक र अन्यायपूर्ण निष्कर्ष हुन जाने । मानव बेचबिखनको उद्देश्यले नै भारतमा लगेको वा लैजाने प्रयास गरेको तथ्य शंकारहित तवरबा…
कानूनको व्याख्यासम्बन्धी सिद्धान्तअन्तर्गतको शाब्दिक व्याख्याको सिद्धान्त (Literal Rule of Interpretation) अनुसार ऐनमा प्रयोग भएका भाषा वा शब्दलाई न्यायकर्ताले जस्ताको तस्तै कुनै अर्थ नबिगारी र कुनै शाब्दिक लेप नलगाई ऐनको भावअनुकूल व्याख्या गर्नुपर्दछ भन्ने ह…
मुलुकी अपराध संहिता, २०७४ को दफा ३९ को व्यवस्थामा कसुरको गम्भीरता घटाउने अवस्थाहरू देखिन्छ । कुनै पनि कसुरमा कसुरदार देखिँदादेखिँदै पनि उक्त व्यवस्थामा उल्लेख भएका अवस्था तथा परिस्थितिहरू विद्यमान भएमा न्यायकर्ताले आफ्नो स्वविवेकको अधिकार प्रयोग गरी सजाय निर्ध…
कसुरदार एउटै वारदातमा संलग्न रहेको तर निजलाई भिन्नभिन्न कानून लाग्ने अवस्था देखिएकोले सो कसुर एउटै कसुर मान्नुपर्ने । यस्तो वारदातमा सबै सजाय एकैसाथ भुक्तान गरिने हुन्छ । तर यसरी सजाय गर्दा पनि कसुरदारका कसुरजन्य कार्यको समग्रता (Total Criminality) लाई भने…
सहकारी संस्थामा कर्जा लिई सवारी सञ्चालनसम्म गरेको अवस्थामा हायर पर्चेज करारको प्रकृतिबाट समेत सवारी धनी सहकारी संस्था नै रहने र स्वामित्व हस्तान्तरण नभएसम्म सवारी सञ्चालन गर्न पाउने ऋणीको हैसियतसम्म रहने । सवारी सञ्चालनको अधिकार पाएको आधारमा सवारी सञ्चालनको क्…
वस्तुत: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ को कार्यान्वयनको प्रसङ्गमा, क्षतिपूर्तिसम्बन्धी व्यवस्था भनेको पीडितको हकमा बनेको कानूनी व्यवस्था हो । कानूनले प्रस्टसँग पीडितलाई क्षतिपूर्ति भराइदिने व्यवस्था गरेको अवस्थामा नभराइदिने हो भने पीड…
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को व्यवस्थामा मानिस मार्ने मनसायले सवारी चलाएको अवस्था नभएको तर कसैको ज्यान मर्न सक्ने ठुलो सम्भावना छ भन्ने जानी जानी र लापरवाही गरी सवारी चलाएको हुनु अनिवार्य छ । लापरवाही मापनका लागि सामान्यतया तीन अवस्था ह…
प्रमाणको मूल्याङ्कनसम्बन्धी विषय वा तजबिजी अधिकारको प्रयोग गर्दा विविध मानवीय दृष्टिकोणमा रहने स्वाभाविक विविधताको कारणबाट देखा पर्ने अन्तर-भिन्नता जस्ता कुरालार्इ हेरेर मातहतका अदालतले साधारण अधिकार क्षेत्रअन्तर्गत मुद्दाको नियमित प्रक्रियाका सन्दर्भमा गरेका…
काम सम्पन्न भएको र कामदारहरूले आफ्नो श्रमबापतको रकम बुझेर लगिसकेपछि भरपाई राख्ने बनाउनेसम्मको त्रुटिलाई भ्रष्टाचारको संज्ञा दिन मिल्ने नदेखिने । बिल भरपाई दुरूस्त नरहेको भन्ने विषय लेखा परीक्षणको सिलसिलामा वा विद्यालय व्यवस्थापन समितिले आय व्ययको विवरण समर्थन…
समूहद्वारा गरिएको कार्यलाई सङ्गठित भई गरिएको होइन भन्ने आधारबाट मात्र हेरी व्याख्या गर्न मिल्ने नदेखिने । (प्रकरण नं.६) कुनै एक जना प्रतिवादीले गरेको जबरजस्ती करणीको कसुर र दुईजना प्रतिवादीहरूबाट सोही ठाउँमा सोही समयमा पालैपालो गरिएको जबरजस्ती करणीको कसुरबाट…
कुनै अपराध गरेबापत २० (बिस) वर्ष कैदको सजाय भई सजाय ठेकिएको कैदी कैदबाट भागेपछि कारागार ऐन, २०१९ को दफा २४ को उद्देश्यअनुरूप कारागारबाट भागे भगाएको कसुरबापत तोकिएबमोजिमको सजाय पाउनु नै पर्दछ भन्ने कारागार ऐनको मूल उद्देश्य भएकोले सोको विपरीत कानूनको व्याख्या…
वैदेशिक रोजगारीमा जानका लागि रकम भुक्तानी गरेको वा उपलब्ध गराएको हो भनी पीडितले जाहेरी दरखास्तमा किटानी रूपमा उल्लेख नगरेको स्थितिमा प्रतिवादीलाई उपलब्ध गराएको रकम अन्य काम बेहोरा वा ऋण सापटको लागिसमेत उपलब्ध गराएको हुनसक्ने अवस्थालाई पूरै इन्कार गर्न नसकिने ।…
वैदेशिक रोजगार ठगी जस्तो मुद्दामा, लिखत, भौचर र अन्य कागजातहरू जस्ता भौतिक एवं स्वतन्त्र प्रमाण र सोका परीक्षणले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा केवल सहप्रतिवादीले पोल गरेकै आधारमा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि…
अंशको हक सगोलका अंशियार भएका नाताले स्वत: प्राप्त गर्ने हक हुँदा अंश जस्तो नैसर्गिक कानूनी हकलाई कुनै प्रक्रियाबाट निष्क्रिय वा सङ्कुचित पार्ने गरी भएका कुनै लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । परिवारको एक सदस्यको अंश मार्ने उद्देश्यले आफ्नो पतिबाट पा…
बन्दीप्रत्यक्षीकरणको आदेशबाट न्यायिक उपचार प्रदान गर्ने कुराको सीमा, परिधि र प्रयोजनतर्फ विवेकपूर्ण रूपमा दृष्टि दिनु आवश्यक हुन्छ । यो आदेश न अदालतको साधारण क्षेत्राधिकारको विकल्प हो, न त यसलार्इ पुनरावेदकीय तहको रूपमा हेर्न र प्रयोग गर्न हुन्छ । यसको छुट्टै…
अभियोगपत्रमा सजायको माग दाबी गर्दा सम्बद्ध कानूनको दफा उपदफा खण्ड सबै खुलाई स्पष्ट दाबी लिनुपर्ने । (प्रकरण नं.४) सर्वसाधारणको निक्षेप स्वीकार गरी बैंकिङ व्यवसाय गर्ने बैंकले आफूसमक्ष सङ्कलित हुन आएको रकमको हिसाब किताब दुरूस्त छ वा छैन, आफूले जिम्मा लिएको रकम…