नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10708 · वि.सं. २०७८

नि.नं. 10708 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मौकामा घटना विवरण कागज गर्ने व्यक्तिहरू अदालतमा उपस्थित भई प्रतिवादीले घटना घटाएको होइन भनी बकपत्र गरेको देखिए पनि भौतिक एवम् वैज्ञानिक प्रमाणबाट स्थापित तथ्यलाई मौखिक प्रमाणले खण्डन गर्न सक्ने अवस्था नरहने । वारदात तथ्य र परिस्थितिले कहिल्यै झुट बोल्दैन तर साक्षी वा मौखिक प्रमाण जहिले पनि मानवीय संवेदनाबाट प्रभावित हुने र अनपेक्षित प्रभाव पर्न सक्ने सम्भावना रहने हुनाले मौखिक प्रमाण ग्रहण गर्दा मिसिलका अन्य प्रमाणबाट समर्थित भए नभएको सतर्कतापूर्वक हेरिनुपर्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10708
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2078/05/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री उमेशराज पौड्‍याल | माननीय न्यायाधीश श्री उमेशकुमार सिंह
मुद्दा नं.०७५-CR-१५२०
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10708
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्