नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10711 · वि.सं. २०७८
नि.नं. 10711 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीले विवाह गर्छु भनेको कारण दुवैको सहमतिबाट पटकपटक शारीरिक सम्बन्ध भएको हो भनी पीडितले अदालतमा बयान गरेको देखिन्छ । यसरी लामो समयदेखि शारीरिक सम्बन्धमा रहेका, प्रतिवादी र पीडित सँगै गई पटकपटक गर्भपतन गराएको, होटल रेष्टुरेन्टमा भेटघाट गर्ने गरेको, प्रतिवादी र पीडितबिच विवाहको विषयलाई लिएर खटपट भई वारदात भएको करिब ५ महिना १२ दिनपछि जाहेरी परेको देखिँदा निजहरूबिचको शारीरिक सम्बन्धमा प्रतिवादीले विवाह गर्ने गलत वा छलकपटपूर्ण विश्वास दिलाएर मात्र शारीरिक सम्बन्ध गरेको हो वा निजहरूबिचमा सहमतिमा सम्बन्ध भई विवाह गर्ने विन्दुमा विवाद भई सम्बन्धमा तिक्तता आई अनुसन्धान, अभियोजन र अदालती प्रक्रिया सुरू भएको भन्ने सम्बन्धमा अभियोजन अस्पष्ट देखिएको हुँदा यस्तो अस्पष्ट अनुसन्धान र अभियोजनका आधारमा गरिएको जबरजस्ती करणी ठहर गर्ने फैसलालाई उल्टी गरी अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला मिलेकै देखिने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10711 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2078/03/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री यज्ञराज भट्ट | माननीय न्यायाधीश श्री नातिबाबु लामिछाने |
| मुद्दा नं. | ०७६-CR-१२३५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10711 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
