नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10701 · वि.सं. २०७८
नि.नं. 10701 — अप्राकृतिक मैथुन
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनको व्याख्यासम्बन्धी सिद्धान्तअन्तर्गतको शाब्दिक व्याख्याको सिद्धान्त (Literal Rule of Interpretation) अनुसार ऐनमा प्रयोग भएका भाषा वा शब्दलाई न्यायकर्ताले जस्ताको तस्तै कुनै अर्थ नबिगारी र कुनै शाब्दिक लेप नलगाई ऐनको भावअनुकूल व्याख्या गर्नुपर्दछ भन्ने हो । जबरजस्ती करणी महलको ३क नं. को कानूनी व्यवस्थामा पनि किटेर नै महिला भन्ने शब्द उल्लेख भएको छ । विधायिकाले यो व्यवस्थामा महिला त्यसमाथि पनि अशक्त, अपाङ्ग र गर्भवती भन्ने शब्द प्रयोग गरेकाले यो व्यवस्था महिलाको सन्दर्भमा मात्र केन्द्रित भएको देखिने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10701 |
|---|---|
| मुद्दाको विषय | अप्राकृतिक मैथुन |
| निर्णय वर्ष / मिति | 2077/03/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री महमद जुनैद आजाद | माननीय न्यायाधीश श्री थीरबहादुर कार्की | माननीय न्यायाधीश श्री बासुदेव आचार्य |
| मुद्दा नं. | ०७४-CR-१४२३ | ०७४-RI-१२९२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10701 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
