नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10705 · वि.सं. २०७८

नि.नं. 10705 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकलाई दिएको नियुक्तिपत्रमै नियुक्तिकर्ताको इच्छाअनुकूलताको सिद्धान्त (doctrine of pleasure) को प्रावधान राखी नियुक्ति दिएको छ भने सोही नियुक्तिकर्ताले पदमुक्त गर्दा त्यसमा doctrine of pleasure लागु हुँदैन भन्न नमिल्ने । (प्रकरण नं.४) मर्जरसम्बन्धी सङ्क्रमणकालमा नियुक्तिपत्रमा अवधि नतोकी अर्को व्यवस्था नभएसम्मका लागि नियुक्ति दिएको र मर्जरपछि निजको अघिल्लो नियुक्ति समाप्त भइसकेको परिप्रेक्ष्यमा निजलाई दिएको पछिल्लो नियुक्तिको कानूनी आधार र अवधि (tenure fix) नभएको देखिँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10705
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/09/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७६-WO-०४४७
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10705
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्