नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10709 · वि.सं. २०७८
नि.नं. 10709 — बैंकिङ कसुर
सिद्धान्त / नजिर सार (Headnote Summary)
व्यक्ति व्यक्तिबिचको व्यवहारबाट सिर्जित कसुरसम्बन्धी व्यवहार आपसमा मिलिसकेको अवस्थामा जरिवाना ठहर गरी राज्यको कोषमा राख्नु लोककल्याणकारी राज्यको मान्यता तथा सजाय निर्धारणसम्बन्धी मान्य प्रचलनका आधारमा न्यायसङ्गत नहुने । दायित्व रहेको व्यक्तिले उक्त दायित्व पूरा गरिसकेको अवस्थामा सोही व्यक्तिबाट थप बिगोबमोजिमको जरिवाना गरी राज्यकोषमा राख्दा पुनः राज्यलाई अनुचित सम्वृद्धि (unlawful enrichment) हुने अवस्था सिर्जना हुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10709 |
|---|---|
| मुद्दाको विषय | बैंकिङ कसुर |
| निर्णय वर्ष / मिति | 2078/03/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७७-RB-०१८१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10709 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
