नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10706 · वि.सं. २०७८

नि.नं. 10706 — बैंकिङ कसुर

सिद्धान्त / नजिर सार (Headnote Summary)

चेक बाउन्सको मुद्दामा मुख्यतः चेक काटिदिएको हो वा होइन, खातामा रकम नभएको कुरा बैंकले भनेको छ वा छैन, रकम नभएको कुरा जानकारी प्रतिवादीलाई थियो वा थिएन, मुद्दा चल्नुअघि रकम तिरेको देखिन्छ वा देखिँदैन यति नै कुरा हेरिने हो, के व्यवहार गरेको र के विश्वासमा चेक काटिएको थियो भन्‍ने नहेरिने । आफ्नो खातामा के कति रकम छ सोको जानकारी खातावालालाई रहन्छ त्यसैले चेक बाउन्स भएको स्थितिमा खातामा रकम थिएन भन्‍ने जानी जानी चेक काटिएको हो भन्‍ने अदालतको अनुमान रहने । खातामा रकम नभएको जानकारी खातावालालाई थिएन भने अदालतले गर्ने अनुमानको खण्डन प्रतिवादीले गर्नुपर्ने । आफ्नो खातामा मौज्दात रकम नभएकोमा जानी जानी चेक काटी दिने कार्यलाई बैंकिङ कसुर मानिएको हो भन्‍ने बुझ्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10706
मुद्दाको विषयबैंकिङ कसुर
निर्णय वर्ष / मिति2077/08/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री शान्तिसिंह थापा | माननीय न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी
मुद्दा नं.०७५-RB-०५०८
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10706
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्