नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10702 · वि.सं. २०७८

नि.नं. 10702 — मानव बेचबिखन तथा ओसारपसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै व्यक्तिलाई भारततर्फ लगियो वा लगिँदैछ भन्ने कुराको आधारमा मात्र मानिसलाई बेच्नका लागि लगेको भनी निष्कर्ष निकाल्नु बिलकुल अनुचित, अतार्किक र अन्यायपूर्ण निष्कर्ष हुन जाने । मानव बेचबिखनको उद्देश्यले नै भारतमा लगेको वा लैजाने प्रयास गरेको तथ्य शंकारहित तवरबाट प्रमाणित हुनुपर्ने । केवल भारततर्फ जान लागेको कुरालाई मात्र हेरेर शंका वा अनुमान गरी मानव बेचबिखनको कसुर ठहर गर्नु कानूनसङ्गत नहुने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादी : विद्वान्‌ अधिवक्ताहरू श्री बालकृष्ण देवकोटा र श्री बलराम सुवेदी प्रत्यर्थी / वादी : विद्वान्‌ उपन्यायाधिवक्ता श्री खेमराज भट्ट

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10702
मुद्दाको विषयमानव बेचबिखन तथा ओसारपसार
निर्णय वर्ष / मिति2077/03/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बसन्तराज पौडेल | माननीय न्यायाधीश श्री केशवराज जोशी
मुद्दा नं.०७३-CR-१५८१ | ०७३-CR-१५८२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10702
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्