सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४३३ / ४४०

नि.नं. 169वि.सं. २०१९पूर्ण इजलास

.

(१) अदालती कारवाई (विविध व्यवस्था) ऐन, २०१७ को दफा २८ अन्तर्गतको सुविधा पक्षले कहिले पाउने ? दोश्रापटक ३० दिनभित्र नथामी तारेख गुज्रेकोमा यस दफा अन्तर्गत निवेदन दिई थाम्न सक्ने । तर ३० दिन नघाइ ३५ दिन भित्र यदि कुनै निबेदनपत्र पर्छ भने अदालती कारवाई (विविध व्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 168वि.सं. २०१९संयुक्त इजलास

प्रतिषेधको रीट जारी गरी पाउँ

(१) अपील लाग्ने ब्यवस्था देखिएमा प्रतिषेधको रीट लगाई हस्तक्षेप गर्न नमिल्ने । निवेदक समेत उपर लगाइएको भ्रष्टाचार मुद्दा, हाल सो अधिकार अदालतमा दायर छ र यस निवेदनपत्रको निर्णय नभएसम्मलाई रोकिरहेको भन्ने देखिएको । त्यस्तो साधिकार अदालतको बिचाराधीन विषयमा अहिले न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 167वि.सं. २०१९पूर्ण इजलास

लेनदेन

(१) अ.बं. १३६ नं. का ऐनबमोजिम रीतपूर्वक साक्षी राखी म्याद तामेल गर्नुपर्ने । म्याद पठाउँदा एकाघरसँगको दुइजना भए छुट्टा छुट्टै पठाउनु पर्ने । निज नरजंगका नाउँको म्याद हेरिएमा ले.क.कुम्भसिं गुरुङ १, निजको एकाघरसँगको नरजंग गुरुङ १ समेत २ जनाका नाउँको इतलायनामा भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 166वि.सं. २०१९पूर्ण इजलास

आयस्ता दिलाइ पाउँ

(१) विधुवा अंशधनको १ नम्वरको १ र २ दफामा भिन्नता–कस्तो परिस्थितिलाई उपरोक्त दफाहरूले दर्शाएको ? विधवा अंशधनको १ नं. मा विधवा स्वास्नी मानिसले आफ्नो हक पुग्ने सम्पत्तिमा तपसीलमा लेखिए बमोजिम गर्न पाउँछ भन्ने र तपसीलको १ दफामा ४० वर्ष पुगेकोले आफ्ना वा सौतेनी छो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 165वि.सं. २०१९पूर्ण इजलास

जग्गा जालसाजी खिचोला

(१) कागज जाँचको २० नम्वर–रीतपूर्वक सहिछाप नपरेको कागजबाट नालिस उजुर लाग्न नसक्ने । कस्तो लिखत ऐनले प्रमाणमा लिन नहुने ? ...दुनियाँ गैह्रले लेनदेन कारबार लगायत घरसारमा भएको कागजमा ल्याप्चे सहीछाप गर्दा गराउँदा दायाँ बायाँ दुवै हातको बुढी औंला शंख वा चक्र रेखा प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 164वि.सं. २०१९पूर्ण इजलास

उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने

(१) सेयर जफत गर्ने र डाईरेक्टर पदबाट हटाउने विषयमा गुप्त (प्राईभेट) कम्पनीका निमित्त पनि पव्लिक कम्पनी कानूनमा उल्लेखित दफाहरू नै लागु हुने–गुप्त (प्राईभेट) कम्पनीका निमित्त अरू खास व्यवस्था भएको छ भनी भन्न नमिल्ने । गुप्त (प्राईभेट) कम्पनीको विशेषाधिकार–सो कु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 163वि.सं. २०१९पूर्ण इजलास

भ्रष्टाचार

(१) कस्तोमा गढाउ गर्न नमिल्ने ? सबुद प्रमाण विशेष पुलिस विभागको ई. सूर्यबहादुरले बिक्रम र सुब्बा गोपालप्रसादको वार्तालाप भएको राम्रो सुन्न पाइएन । त्यसको प्रतिउत्तरमा निज सुब्बा गोपालप्रसादजीले हुन्छ, म जिताइ दिन्छु । तर मलाई रु. १५० चाहिन्छ । सो रूपैयाँ उ फाँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 162वि.सं. २०१८संयुक्त इजलास

सरसियोररीको रीट जारी गरी पाउँ

(१) भूमिसम्बन्धी ऐन, २०१४ को दफा ११ अन्तर्गतको मुद्दा नै दफा १८ (३) बमोजिम गठित इजलासबाट निर्णय गर्नु पर्ने । दफा ११ र दफा १८ एकै उद्देश्य पूर्तिका लागि व्यवस्थित भएको । यस उपदफामा सुरक्षित किसानको यो ऐन अन्तर्गतको हक अधिकार प्राप्तिमा झगडा पर्न आएमा भन्ने शब्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 161वि.सं. २०१८पूर्ण इजलास

सही रास्ता पत्रिका बन्द गरे भन्ने

(१) छापाखाना रजिष्ट्रेशन ऐनको दफा ९ (१) को उपदफा (ख) – कहिले कसरी कल्ले प्रयोग गर्ने ? – सरकारले उक्त ऐनको दफा ८ को उपदफा (३) बमोजिम धरौट नमागेको अबस्था, उपरोक्त ९ (१) (ख) दफा बमोजिम कारवाई गर्न नमिल्ने । दफा ५ को उपदफा (१) अन्तर्गतको कारवाई समेत सरकारद्वारा न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 160वि.सं. २०१८पूर्ण इजलास

अंश

(१) एकै लिखतमा केही पास गर्नु पर्ने र केही पास नगर्नु पर्ने कुरा लेखिएको भएमा पास गर्नु पर्ने कलममा नालिस उजुर लाग्दैन भनि खारेज गर्नु पर्ने । पास गर्नु नपर्ने कलममा इन्साफ दिनु पर्ने । बन्देजको कुरा परेको केही कुरा पास गर्नु पर्ने पास नभएको भए पनि एउटै लिखतमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 159वि.सं. २०१८एक न्यायाधीशको इजलास

सरसियोररीको रीट जारी गरी पाउँ भन्ने

(१) बज्यैबाट बकसपत्र पाएको सम्पत्तिलाई पैत्रिक सम्पत्ति नै भन्नु पर्ने । श्री ३ बडामहारानी पद्मकुमारी ०१६ साल आषाढमा बनारसमा परलोक हुनु भएको भन्ने जनरल नारायण शम्शेरको पत्रको नक्कल कमिश्नर अफिसबाट आएको । सो बकसपत्र बमोजिम त्यस मिति देखि हकदारहरूको हक हुन आएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 158वि.सं. २०१८पूर्ण इजलास

उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने

(१) निर्णय गर्ने अधिकारीले आफूले पाएको कानूनको अधिकार देखाउन पर्ने – निर्णय गर्दा सम्बन्धित पक्षलाई सूचना दिनु पर्ने – सो बिपरीत भएमा बेकानूनी ठहर्ने । बिजय बिंडी फ्याक्ट्री र गणपति बिंडी फ्याक्ट्री दुवैलाई फाइदा हुने देखि अघि पास भएको बिजय बिंडी फ्याक्ट्रीको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 157वि.सं. २०१८पूर्ण इजलास

बकस जग्गा

(१) अपुतालीका १ नं. छोराको अपुतालीमा बाबुको हक हुने – हक भएको जग्गा बन्धकी दिएको बदर गर्न मुनासिब नपर्ने । हक छाडी दातव्यपत्र गरी दिएकोबाट सो २ कित्ता जग्गा सो लिखत गरेको मितिदेखि नै मानलक्ष्मीको हक हुन आएको । निज मानलक्ष्मी २००३ सालमा मरेपछि अंशबण्डाका ३४ नम्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 156वि.सं. २०१८संयुक्त इजलास

ज्यान

(१) सरजमिन समेतका बकाइबाट कुटपीट लछार पछार गरेको कुरा नदेखिए – वादीले पनि कुछपीट गरेकै हो भनी किटानसाथ भन्न नसके, केवल शंकामात्र देखाएमा – र कुटपिटको चिच्चाहट आदि नसुनिए –कुटपीट गरेको रहेछ भन्ने शंका उठाउन उचित नपर्ने – अनुमानी कुराको अधारमा अपराध कायम गर्न उच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 155वि.सं. २०१८एक न्यायाधीशको इजलास

वन

(१) घर धुरी खडा भएको देखिएमा – बँझ्याई दिन मुनसिव नपर्ने । नक्सामा लेखिएका आवाद गर्ने मोही भक्तबहादुर हाल आवाद गर्ने काले दमाई ग्याँजे काली दमिनि लालहाङ, जय ध्वजको छोरा र गडुल ध्वज, लालहाङ चन्द्र ध्वज वृखसिं लिलानाथको खेत लाल लालहाङको खेत इन्द्रबहादुरको आवादी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 154वि.सं. २०१८पूर्ण इजलास

जग्गा बाली

(१) भए गरेको काम कुरा फलाना ऐन सवाल अन्तर्गत भएको भन्ने सबुद गुजार्न पर्ने – सबुद गुजार्न नसके सवाल अन्तर्गत भएको भनि भन्न नमिल्ने । बाँकी तिर्न नपर्ने भनी विसुनिको उजुरीबाट मुद्दा हुँदै गई भारदारीबाट ९८।१२।१४ मा बाँकी तिर्नै पर्ने ठहराई आखिरी फैसला भएको देखिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 153वि.सं. २०१८पूर्ण इजलास

न्वारान गराई पाउँ

(१) रगत जाँचबाट यसैको सन्तान हो भन्ने एकिन हुन नसक्ने । रतग जाँचबाट यसैको सन्तान हो भन्ने कुरा एकिन हुन नसक्ने भन्ने बिशेषज्ञहरूको रिपोर्टबाट देखियो । (प्रकरण नं. ३२) (२) अनुहारको भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नहुने । वादीको छोरीको अनुहार हेर्दा धेरै जसो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 152वि.सं. २०१८पूर्ण इजलास

थुनछेक

(१) (क) छापाखाना र प्रकाशन सम्बन्धी ऐनको १७ दफाको (४) उपदफाले बडाहाकिमलाई दिएको अधिकार – बडाहाकिमले अनधिकृत ठहराई नष्ट गर्न सक्ने । (ख) छापाखाना र प्रकाशन सम्बन्धी ऐन बमोजिम कारवाई गर्दा थुनुवामा राखी कारवाई गर्ने अधिकार सो ऐनले कसैलाई दिएको छैन । सो ऐनको २१ द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 151वि.सं. २०१८एक न्यायाधीशको इजलास

भैंसी चोरी

(१) नेपाल सरकार र भारत सरकारको बीचको सपुर्दगीको सन्धिपत्र अन्तर्गत चौपाया चोरी मुद्दा पर्ने – उसपारबाट लेखी नआएमा र यसै पारमा उजुर परेमा जाफताको २१ दफा र चोरी को २६ नं. ले कारबाई गर्नु पर्ने । १० साल माघ ५ गते संख्या २२ को गजेटमा प्रकाशित भएको नेपाल सरकार र भा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 150वि.सं. २०१८पूर्ण इजलास

घर रोक्का

(१) घर बनाउनेको ६ नं. ले अदालतलाई हटक गरी रोक्ने अधिकार दिएको । आफ्ना जग्गा मिची घर बनाएमा पक्षले नालिस दिई हक छुट्ट्याई लिन पाउने र १ तल्ला नउठ्दै रहेछ भने भत्काउनलाई दिनु भन्ने घर बनाउनेको ६ नं. मा उल्लेख भएको हुनाले अन्तरिम अबस्थालाई रोकी पाउँ भनी पक्षले अद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 149वि.सं. २०१८एक न्यायाधीशको इजलास

ज्यान

(१) घा जाँच गर्दा भाँचिएको अंग थाहा हुने । घा जाँच रिपोर्टमा उल्लेख नभएको लासजाँचमा देखिन आएको तत्वबाट प्रतिवादीहरू उपर लगाइएको दोष मान्न हुने वा नहुने । यदि त्यसै अबस्था (घा जाँच गर्दा) स्टर्नम् हड्डी भाँचेको भए सो अबश्य थाहा हुनु पर्ने र घा जाँच रिपोर्टमा त्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 148वि.सं. २०१८पूर्ण इजलास

करकाप

(१) सर्वोच्च अदालत ऐन, २०१३ को दफा १० मा भएको “वा अरु किसिमको समेत अधिकार क्षेत्र हुनेछ” भन्ने वाक्यांशको व्याख्या । सर्वोच्च अदालत ऐन जारी भएको उक्त ऐनको १० दफामा सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्रमा “सर्वोच्च अदालतलाई प्रचलित कानूनले प्रदान गरे बमोजिम अप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 147वि.सं. २०१८पूर्ण इजलास

जग्गा

(१) भएको फैसला कतैबाट दोहरिएको नदेखिएमा चित्त बुझाएकै भन्नु पर्ने । थैलि हाली जग्गा लिनेले कत्ति पनि जग्गा नपाउने भन्ने कुरा मनासिब भन्न नहुने । ले. लिलाबहादुरले मेरो ५२।। रोपनी जग्गा मा १२।। रोपनी जग्गा साँध मिचि खाए । जग्गा पुर्‍याई पाउँ भन्ने समेत राजमान सम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 146वि.सं. २०१८संयुक्त इजलास

सरसियोररीको रीट जारी गरी पाउँ

(१) भूमिसम्बन्धी ऐन, २०१४ को उद्देश्य र सो उद्देश्यको पूर्तिको लागि अपनाइएको तरीका । भूमिसम्बन्धी ऐन, २०१४ को के उद्देश्य हो ? र सो उद्देश्य पूर्तिलाई के तरीका अपनाइएको छ ? अर्थात् के व्यवस्था गरिएको छ ? भन्ने कुराको बिचार गर्नु पर्ने हुन आएको छ । जग्गावालाले…

नजिर सार पढ्नुहोस् →