नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 164 · वि.सं. २०१९
नि.नं. 164 — उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सेयर जफत गर्ने र डाईरेक्टर पदबाट हटाउने विषयमा गुप्त (प्राईभेट) कम्पनीका निमित्त पनि पव्लिक कम्पनी कानूनमा उल्लेखित दफाहरू नै लागु हुने–गुप्त (प्राईभेट) कम्पनीका निमित्त अरू खास व्यवस्था भएको छ भनी भन्न नमिल्ने । गुप्त (प्राईभेट) कम्पनीको विशेषाधिकार–सो कुन परिस्थितिमा खारेज हुने ? नेपाल कम्पनी कानूनको १५३ दफामा प्राईभेट कम्पनीले अनिवार्यत पुरा गर्नुपर्ने यावत काम र पाउने अधिकार पनि पब्लिक कम्पनी सरह नै हुन्छ । विवरणपत्र र कार्यारम्भसम्बन्धी नियमहरू बाहेक पब्लिक कम्पनीमा लागु हुने व्यवहारतः अरू सबै नियमहरू यस्मा पनि लागु हुन्छन भन्ने र १५४ दफामा गुप्त (प्राईभेट) कम्पनीले निम्नलिखित विशेषाधिकार पाउनेछ (क) यस्मा सञ्चालकहरू नभए पनि हुन्छ । भए पनि सदस्यहरूले चाहेमा एकै सञ्चालकलाई आजीवन वा जति वर्ष पनि राख्न हुन्छ । पद त्याग गर्न आवश्यक छैन । सञ्चालकहरूको नियुक्ति, पद त्याग, नियन्त्रण सम्वन्धी पव्लिक कम्पनीका दफाहरू यस्मा लागू हुँदैनन् भन्ने र १५८ दफामा गुप्त कम्पनीलाई पाएको अधिकार बाहेक कानून विरुद्ध काम गरेमा सो (गुप्त) कम्पनीले कानून बमोजिम पाएको सवै सुविधा हक अधिकार खारेज भई पव्लिक कम्पनीको कानून लागू हुनेछ । भूलचूक बेहिसाव अरू मुनासिव कारणवस मात्र कसूर भएको ठहरिएमा जरिवाना गरी माफी दिने अधिकार तालुक अड्डालाई भन्ने उल्लेख भएको देखियो र उक्त दफाहरूमा सेयर जफत गर्ने र डाईरेक्टर पदबाट हटाउने विषयमा प्राईभेट कम्पनीले कुनै विशेषाधिकार पाएको र सो कुरा उल्लेख भएको नदेखिएबाट सो सम्वन्धमा पव्लिक कम्पनी कानूनमा उल्लेखित दफाहरू नै लागू हुने देखियो । (प्रकरण नं. ९) (२) नेपाल कम्पनी कानूनको ५५ दफा प्रयोग गर्दा उक्त दफाको रीत पुर्याउनु पर्ने । रीत नपुर्याई सेयर जफत गरेको मुनासिव भन्न नहुने । नेपाल कम्पनी कानूनको ५३ दफामा सदस्यहरूले कम्पनीलाई तिर्नु पर्ने ऋण वा सेयरको किस्ताको बाँकी रूपैयाँ वापत निजहरूको नाउँमा दर्ता रहेको सेयर त्यस्मा बाँडिने, मुनाफासमेत कम्पनीले रोक्का गर्न पाउछ भन्ने र ५४ दफामा माथिका दफाबमोजिम कम्पनीको हक लाग्ने सेयर सञ्चालकहरूले जफत गरी विक्री गर्न पाउछ । तर कम्पनीलाई तिर्नु पर्ने रूपैयाँको म्याद नपुगी वा सो रूपैयाँ तिर्न ल्याउनु भन्ने सदस्य अथवा निजका हकवालालाई १४ दिनको सूचना दिएको म्याद भुक्तान नभई सेयर विक्री गर्न हुँदैन भन्ने र ५५ दफामा किस्ता तलव गरेको टायम टायममा सदस्यहरूले किस्ता चुक्ती गर्नु पर्छ । टायममा भुक्तान गर्न नसके १४ दिनको म्याद नाघे पछि कम्पनीले सेयर जफत गर्न पाउँछ भन्ने लेखिएको भई विचार गर्दा, प्रथम सेयरको बाँकी रूपैयाँ नबुझाएपछि त्यस विषयमा बाँकी रूपैयाँ बुझाउन ल्याउनु भनी किस्ता तलवी सूचनाको ढाँचामा तलव गर्नु पर्ने । सो सूचना दिएको निस्सा निवेदक तर्फबाट दाखिल गर्ननसकेको र सो सूचनाको म्याद भुक्तान भएपछि मात्र पचपन्न दफा बमोजिम १४ दिनको म्याद दिनु पर्ने । उक्त दफा दफाको रीत पुर्याई सूचना र म्याद दिएको नदेखिएकाले सोही दफा बमोजिम जफत गरेको भन्ने जिकिर मुनासिव देखिन आएन (प्रकरण नं. ११) (३) कम्पनी कानूनको दफा ७७ (५) बमोजिम किस्ता तलब गरेको ६ महिना भित्र किस्ता भूक्तान गर्न पाइने बीचैमा उक्त दफा लगाई सञ्चालक पदबाट हटाइएको कानूनी भन्न नमिल्ने। उक्त कम्पनी कानूनको ७७ दफामा ‘तल लेखिएको अवस्था परेमा सञ्चालक बहाल राख्न हुँदैन भन्ने, र उपदफा (५) मा किस्ता तलब गरेको ६ महिना भित्र पनि किस्ता भूक्तान नदिएमा’ भन्ने उल्लेख भएको । सो बमोजिम किस्ता तलबको म्याद दिएको नदेखिएको र सो म्याद दिई ६ महिनाको अवधी भुक्तान नहुँदै उक्त दफा लगाई सञ्चालक पदबाट हटाएको कानूनको रीत पुर्याई कानून बमोजिम गरेको भन्न मिल्न आएन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 164 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2019/01/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१९, नि.नं. 164 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
