नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 160 · वि.सं. २०१८

नि.नं. 160 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकै लिखतमा केही पास गर्नु पर्ने र केही पास नगर्नु पर्ने कुरा लेखिएको भएमा पास गर्नु पर्ने कलममा नालिस उजुर लाग्दैन भनि खारेज गर्नु पर्ने । पास गर्नु नपर्ने कलममा इन्साफ दिनु पर्ने । बन्देजको कुरा परेको केही कुरा पास गर्नु पर्ने पास नभएको भए पनि एउटै लिखतमा केही कुरा पास गर्नु पर्ने केही कुरा पास गर्नु नपर्ने लेखी लिखत भएमा लिखत कायम भएपछि पास गर्नु पर्ने कलममा पास नगरेकाले नालेस उजुर लाग्दैन भनि खारेज गर्नु पर्ने भए पनि पास गर्नु नपर्ने कुरा जतिमा उजुर सुनी इन्साफ दिनु पर्छ । (प्रकरण नं. ५) (२) करकाप र धोकामा कागज गराएकोमा अ. बं. ६१ नं. का ऐनका म्याद भित्र उजुर गर्नु पर्ने। केही परिबन्दसँग करकाप र धोकामा सो कागज गराएको भए अदालती बन्दोवस्तका ६१ नं. का ऐनका म्याद भित्रको उजुर हुनु पर्ने । (प्रकरण नं. ५) (३) हामी सँगै सगोल रहेका भन्नेले सबुद गुजार्न पर्ने – सबुद गुजार्न नसके र तायदाती समेत दिन नसकेमा दावी गरेको साँचो मान्न नहुने । मानो छुट्टी चल जति वादीहरूका लोग्नेले नै लिईसकेको ठहरी वादीहरूले चल अंश नपाउने गरी पाल्पा अपील देखि प्रधान न्यायालय लगायतबाट फैसला भएको । त्यसमा वादीहरूले अपील उजुर नगरी बसेकोले वादीहरू लाग्नेकै पालादेखि छुट्टीएको देखिने । सोभाकान्ता वादीहरूसँग बसेको कुनै सबुद नदेखिएको । प्रतिवादी हरिहरसँग बसेबाट निजको अंश धनमाल समेतको हरिहरले नै तायदाती दिएको । वादीहरूसँग बसेको भए सोभाकान्तको धनमाल वादीले तायदाती दिन पर्नेमा वादीहरूबाट तायदाती नआएको र वादीहरूसँग सोभाकान्त बसेको भए निजलाई पनि वादीहरूका भनाइ बमोजिम आयस्ता दिने गरेको लिखत भएको हुनु पर्ने सो लिखत छ भनी प्रमाण दिई दाखिल गर्न नसकेको । (प्रकरण नं. ५) (४) “नीति पूर्वक अंशबण्डा” भन्ने वाक्यांशको व्याख्या – कस्तो अंशबण्डालाई नीति पूर्वकको अंशबण्डा भन्नु पर्ने । अपुतालीका ६ नम्बरका ऐनमा नीति पूर्वक अंशबण्डा गरी लिई दिई भन्ने शब्द परेको र सो शब्दलाई चलमात्र बण्डा भएको अचल बण्डा नभएकोले नीति पूर्वक अंश भई नसकेकाले भिन्न बसेका टाढाका हकवालाले पनि त्यो अपुताली पाउनु पर्ने भन्ने वादी तर्फको बहसमा आएका प्रतिनिधिहरूले जिकीर लिई ऐनको व्याख्या गरेकोलाई सो नीति पूर्वक भन्ने अंशबण्डा १ नम्बर देखि १४ नं. तक नम्बर नम्बरका ऐनमा नीति पूर्वक बण्डा गर्ने कुराहरू लेखिएका छन् । सो बमोजिम बण्डा भएकालाई नीति पूर्वक भनी भनिन्छ । अंशबण्डाका ऐन बमोजिम अंश पाउनेहरूमा सोही नीति बमोजिम अंश गरी लिई दिई बेगल बसेकालाई नीति पूर्वक भनेको हो । अंश गर्न कति बाँकी नराखी बाँकी सुन्य गरी बण्डा गरेकालाई नीति पूर्वक र अंशियारका मन्जुरीले माना छुट्टी भिन्न बसी केही बण्डा गरी लिई छुट्टी भिन्न भईसकेको केही बसी बण्डा गरी लिई छुट्टी भिन्न भईसकेको । केही अबण्डा राखेकोलाई अनीति हो, सो ऐन लाग्दैन भन्न सम्झन हुँदैन । न्याय पनि पर्दैन । किनभने जनतामा कसैको चल पूँजी धेरै, कसैको अचल पूँजी धेरै हुन्छ । कसैले चल अबण्डा राखी भिन्न हुन्छ । त्यसरी भिन्न भईसकेको कुरालाई नीति पूर्वक अंशबण्डा भएको रहेनछ भनी इन्साफ गरी दिने गर्दा सो भिन्न भएपछिका र अघिको समेत कमाएको धन लगाएको ऋणमा जनतामा ठूलो समस्या पर्न जाने हुन्छ । न्यायोचित अदालतबाट इन्साफ दिन बाधा पर्न जान्छ । त्यस कारण वादीका प्रतिवादीहरूले नीति पूर्वक अंश लिई दिई भन्ने सबुदको लेखिए माफिक जो व्याख्या गरे, त्यो व्याख्या जिकिर गलत देखिएको । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.160
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2012/01/07
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 160
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्