नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 157 · वि.सं. २०१८
नि.नं. 157 — बकस जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अपुतालीका १ नं. छोराको अपुतालीमा बाबुको हक हुने – हक भएको जग्गा बन्धकी दिएको बदर गर्न मुनासिब नपर्ने । हक छाडी दातव्यपत्र गरी दिएकोबाट सो २ कित्ता जग्गा सो लिखत गरेको मितिदेखि नै मानलक्ष्मीको हक हुन आएको । निज मानलक्ष्मी २००३ सालमा मरेपछि अंशबण्डाका ३४ नम्बरका ऐन र दानदातव्यका ४ (क) नम्बरका ऐनले दाइजो पेवा पाउने मानलक्ष्मीले आफू खुशी गर्न पाउने हुनाले उ मरेपछि यसले खानु भनि लिखत गरी दिएको भए लिखत बमोजिम हुनेमा निजले पनि लिखत गर्न नपाइ परलोक भएकीले मानलक्ष्मी मरेपछि मानलक्ष्मीको छोरा इन्द्रबहादुरको हक हुन आएको । ईन्द्रबहादुर पनि २००४ साल आश्विनमा मरेपछि इन्द्रबहादुरको हकवाला उसको छोरा भए छोराले पाउनेमा छोरा नभई निजको अपुताली परेको हुनाले अपुतालीका नम्बरका ऐनले छोराको अपुताली बाबुको हुने हुँदा बाबु बमबहादुरले आफ्नु हक भएको जग्गा बन्धकी दिएको बदर गर्न मुनासिब नदेखिएको । (प्रकरण नं. ९) (२) “सन्तान दरसन्तान” भन्ने शब्दले जनाउने हकवालाहरू – सन्तान दरसन्तान भन्नाले छोरातिर जनाउने – दातव्यपत्रमा “छोरा छोरी” भन्ने बोली परेमा मात्र छोरीले दावा गर्न पउने – छोरीसँग बसेका ३ पुस्ता भित्रको हकवाला पछिको हकवाला भन्ने ऐनमा देखिने । दातब्यको लिखतमा मानलक्ष्मीको सन्तान दरसन्तानले खानु भनि लेखिएकाले हामी छोरी पनि मानलक्ष्मीकै सन्तान हुँदा र ऐनमा पनि लिखत भए लिखत बमोजिम गर्नु भनी लेखिएकोले ऐन लिखत बमोजिम हामी छोरीकै हक हुनु पर्ने भन्ने वादी तर्फको जिकिरलाई पनि सो लिखतमा सन्तान दरसन्तान खानु भनि जो लेखिएको छ, त्यो दाताहरुले ऐनको रोलमा मिलाई लेखी दिएको ठहर्ने छोरा र छोरी दुवैले र दुवैका सन्तानले बराबर खान पाउने गरी लेखी दिएको भए अर्थात् छोरा भएको खण्डमा पनि छोरा छोरील बराबर खान पाउने गरी ऐन काटी लेखि दिएको भए सो कुरा अर्थात् ऐनले छोराले पाउने भए तापनि छोरा छोरी दुबैले बाँडी खानु भनी प्रष्ट किटानी साथ लेखिएको हुनु पर्ने सो नभएकोले ऐन काटी लेखेको भन्न नहुने कि ऐनको रोलमा मिलाई लेखेको भन्नु पर्ने । स्त्री पुरुष दुबैले आर्जेको चल अचलमा अंशबण्डाका ३३।३४ दानदातव्यका ४ (क) नं. मा ऐनले पुरूषको आर्जन छोरा स्वास्नी सबैले ऐन बमोजिम बाँडी खान पाउने । स्त्रीको आर्जन छोराहरूले मात्र बाँडी खान पाउने स्त्रीको आर्जन छोराहरूलाई छोरा भएसम्म खान पाउने गरी नलेखिएको हुँदा ऐनले आमाको दाइजो पेवा छोराकै हक हुने । छोराको सन्तान नभई अपुताली परेमा छोराको नजिकको हकदार बाबुको हक हुने । बाबु पनि नभएको र बाबु समेतसँग बसेका ३ पुस्ता भित्रको हकवाला छैन भने मात्र त्यस अबस्थामा छोरीले बाबु आमाको अपुताली खान व्यहोर्न पाउने गरी छोरीलाई सँग बसेको ३ पुस्ता भित्रको हकवाला पछिको हकवाला गराई ऐनमा प्रष्ट लेखिएको भई सो ऐनले इन्द्रबहादुरको अपुताली सँग बसेको हकवाला बाबुले पाउने देखिएको। (प्रकरण नं. ९) (३) अपुताली – स्याहार सम्भार पालन पोषण गर्नेले पाउने – तमसुकका साक्षी बसेको आधारबाट नै हेरबिचार गरेको सबुद पुग्न नसक्ने । अपुतालीका ४ नम्बरका ऐनले सो अपुतालीमा निजको हक हुन्छ कि भनि शंका गर्नालाई उसले स्याहार सम्भार पालन पोसन गरेको भन्ने पक्का सबुद कुनै नआएको । तमसुकमा साक्षी बसी एकैले हेरबिचार गरेको सबुद पुग्न नसक्ने । तमसुकको वतनबाट मानकुवेरका घरमा बमबहादुर, बमबहादुरका घरमा मानकुवेर गई बसेका र स्याहार सम्भार गरेको नदेखिएकोले अपुतालीको ४ नं. ले ससुराको अपुताली बमबहादुरको हक दावी नपुग्ने देखिएको । (प्रकरण नं. १०) (४) उजुर दावी भएको कुरा – “होइन” भन्ने प्रतिवादी र सबुद नभएमा – उजुर दाबी साँचो देखिने । अपुतालीका १९ नम्बर वारिस भएपछि त्यो धन वारिसकै जिम्मा लगाई दिनु पर्ने । उसै घरमा बसी स्याहार गर्ने नातिनीहरू वारिस मानिने । यी वादीवालाहरुले उसका घरैमा गई बसी हेरचाहा स्याहार सम्भार गरेको भन्ने उजुर दावी भएकोमा सो कुरा हैन अरु यसले गरेको हो भनि प्रतिवादीहरूले लेख्न र अरुले गरेको पक्का सबुद केही नभएकोले इन्का घरमा गई स्याहार सम्भार गरेको भन्ने बादीहरुका उजुरी साँचो देखिन आएकोले अपुतालीका ११ नं. का ऐनले स्याहार सम्भार गर्नेले पाउने हुँदा ऐनले सो अपुताली वादीहरूकै हक भन्नु पर्ने । अपुतालीका १९ नं. का ऐनले पनि वारिस भएसम्म त्यो धन वारेसकै जिम्मा लगाई दिनु पर्नेमा अपुताली पर्ने मानकुबेरकै नातिनीहरू उनैका घरमा बसी स्याहार सम्भार गरी व्यहोरी आएकोले वारिस नभएको धन भन्न पनि नहुने । पहिले छोरीहरूलाई गरिदिएको बकसपत्रको लेखाइबाट पनि छोरीहरूकै सन्तानमा रहोस भन्ने उद्देश्यले छोरीहरूलाई लेखीदिएको बकसपत्रमा मानकुवेरले लेखी दिएको र छोरीहरू मरेपछि उस बखत भएका छोरीहरूको सन्तान नातिनी यी वादीहरूलाई मानकुवेर र निजको स्वास्नीले लगी आफ्नु घरमा राखी पाली आफ्नो सेवा स्याहार सम्भार गराइ आएको देखिएकोले समेत वाइलक्ष्मी मानकुवेरको अपुताली यो वादीहरूकै हक ठहर्ने । (प्रकरण नं. १०) (५) अपुतालीका १८ नम्बर – अपताली खानेले कर्जी व्यहोर्नु पर्ने । मान लक्ष्मीको दाइजो पेवा निजको छोरा इन्द्रबहादुरको भई निज मरेपछि निजको बाबु बमबहादुरको हक हुने भई सो कर्जि निजको हक ठहर्ने हुनाले र मानकुवेरले तिर्नु पर्ने सो कर्जि अपुताली खानेले अपुतालीका १८ नम्बरका ऐन बमोजिम व्यहोर्न पर्ने हुँदा सो कर्जीको हकदार देखिएको बमबहादुरलाई लखमा भोग गर्ने साहुलाई तिर्न पर्छ । ऋण तिरी वादीहरूले जग्गा निखनी खान पाउँछ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 157 |
|---|---|
| मुद्दाको विषय | बकस जग्गा |
| निर्णय वर्ष / मिति | 2010/01/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१८, नि.नं. 157 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
