नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 156 · वि.सं. २०१८
नि.नं. 156 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सरजमिन समेतका बकाइबाट कुटपीट लछार पछार गरेको कुरा नदेखिए – वादीले पनि कुछपीट गरेकै हो भनी किटानसाथ भन्न नसके, केवल शंकामात्र देखाएमा – र कुटपिटको चिच्चाहट आदि नसुनिए –कुटपीट गरेको रहेछ भन्ने शंका उठाउन उचित नपर्ने – अनुमानी कुराको अधारमा अपराध कायम गर्न उचित नपर्ने । मर्ने नारायणबहादुर प्रतिवादीहरूकै कुटपिटका चोटपीरबाट मरेको रहेछ कि भन्ने थोरै अभास पर्न आउँछ तापनि वास्तव अरु प्रमाण परिबन्द तर्फ बिचार गर्दा बुझिएका सारा सरजमिन समेत कसैका बकाइबाट पनि मेघबहादुर समेतका प्रतिवादीहरूले मर्ने नारायणबहादुरलाई हात छोडी कुटपिट लछारपछार गरेको भन्ने कुरा देखिन नआएको । खूद नारायणबहादुरको बुबा वादी दलबहादुर तालुकदार तिलक सिंले पनि नारायणबहादुरलाई कुटपीट गरेकै हो भनि किटानसाथ भन्न नसकी शंका लाग्छ भनि शंकाको कुरासम्म देखाएका । मानिसहरू सुती निदाई सकेको बखत मध्यरातका अबस्थामा वारदात भएको हुनाले कुटेको साक्षी सरजमिनहरूले देख्न नपाएकाबाट नभनेका रहेछन् कि भन्ने शंका लिनलाई पनि त्यसरी कुटपिट लछारपछार परेको भए मलाई कुटपिट गरी मार्न लागे भनि मर्ने नारायणबहादुरले अबश्य कराउनु चिच्याउनु पथ्र्यो । सो कराए चिच्याएको थियो भन्ने कुरा घटनास्थल नगिचै घर हुने पूर्णबहादुरकी सासु आसमणी र रामप्रसादको आमा लाखमणी समेत कसैले पनि भन्न नसकी चोर पक्रीयो भन्ने खलबलसम्म गरेको सुन्यौं भनी बकेका । शेरबहादुर एकजनाले बकपत्र गर्दा नारायणबहादुरलाई पक्राउ गरी ल्याएपछि अैया भनेको थियो भनि लेखाएको हूँदा कुटपिट गरेकै रहेछ कि भन्ना पनि मर्नेले कुटे भन्ने शब्द उच्चारण गरेको थियो भन्ने कुरा कतैबाट देखिन नआएकोले त्यसबाट पनि कुटपिट गरेको रहेछ भन्ने शंका उठाउन उचित परेन । (प्रकरण नं. ९) पछारिदा पनि त्यस्तो चोट पर्न सक्ने हुनाले सो चोटहरू त्यसै कारणबाट पर्न गएको हुनु पर्छ । सो चोटहरू मर्न सक्ने किसिमको होइनन् । सामान्य छन् भनि रिपोट दिनु भएको र मेडिकल जुरिस्प्रोडेन्स भन्ने किताब हेर्दा पनि सोही कुराहरू उल्लिखित भएको देखिन्छ । माथि लेखिए अनुसार प्रतिवादीहरूले कुटपिट लछारपछार गरेको भन्ने कुरा साक्षी सरजमिन समेत कतैबाट देखिन नआएको र लासजाँचका फाराममा लेखिएका प्रकृतिहरूका हकमा पनि डाक्टरका रिपोर्ट अनुसार अरु कारणबाट पनि हुन पर्न सक्ने भएकोले कुटपिट गरेको पक्का प्रमाण बेगर लासको प्रकृति आफ्नो स्वास्नी लैजाने जारलाई फेला पारेपछि कसो कुटपिट गरेन होला भन्ने केवल अनुमानित कुराको आधार मात्र लिई खून जस्तो कडा सजाय पाउने बिषयमा अपराध कायम गर्न उचित पर्दैन । (प्रकरण नं. ९) (२) मुख्य प्रतिवादी शुरु देखि अन्तसम्म रही उम्कन चेष्टा नगरी इन्कारी लिई पुर्पक्ष भई आएमा लगाएको दोष मान्न मुनासिब पर्ने, नपर्ने ? कुटपिट गरेकै चोट पीरबाट मरेको भए नारायणबहादुर मर्नासाथ प्रतिवादीहरू कसुरदारले अबश्य भाग्नु पथ्र्यो । तर नभागी मेधबहादुर समेतका अरु प्रतिवादीहरू लास कुरी बसी प्र. डम्बरबहादुर १ जना तालुकदारलाई बोलाउन गई तालुकदार आउँदासम्म उनीहरू लास भएकै ठाउँमा बसेका थिए भन्ने कुरा तालुकदार तिलक सिंले बयान गरेको केही बेरपछि निज डम्बरबहादुर समेतका प्रतिवादी जवान ८ भागेको देखिन आउँछ । तापनि तालुकदारले अब तिमीहरू जान पाउँदैनौं । रोकियौ, भनि थुन्ने डर देखाएपछि मात्र भागेको देखिन आएको हुँदा अर्काको कुरामा व्यर्थै थुनामा पर्ने भयौं भन्ने डरछेरूवा मनले मात्र भागेको रहेछन् भन्ने सम्झनु पर्ने र सो कारणबाट अरु प्रतिवादीहरू भागे पनि मुख्य प्रतिवादी मेघबहादुर चाही शुरु देखि अन्तसम्म भाग्न उम्कन पछि नलागि कसूरमा पनि इन्कारी लिई पुर्पक्ष भई रहे बसेको देखिन आएकोले यसबाट पनि प्रतिवादीहरूले कुटपिट गरेका रहेछन् भन्न भएन । (३) जारलाई पक्रन चेष्टा गरेकोसम्मलाई अपराध धोषित गर्न नमिल्ने – पक्रन खोजेकोबाट भागेको भनि दोष दिनलाई पनि हाम्रो देशमा स्वास्नी लैजाने जार पक्री अड्डामा सुम्पने अधिकार हरेक विवाहिता पतिलाई कानूनद्वारा प्राप्त भईरहेकोले जारलाई पक्रने चेष्टा गरेकोसम्म कुरालाई अपराध धोषित गर्न उचित नपर्ने । (प्रकरण नं. ९) (४) कस्तो परिस्थितिमा ज्यान सम्बन्धीका ३२ नम्बर बमोजिम सजाय दिन नमिल्ने – मेघबहादुरले जार नारायणबहादुरलाई पक्रेपछि कुटपिट गरेको वा अन्त लगेको समेत नभई पक्राउसम्म गरी उस गाउँको अमाली तालुकदार कहाँ पुर्याएपछि मात्र आफू पुरानो व्यथाको जरिया र भाग्दाको पिडा परिश्रमबाट नारायणबहादुर मरेकै देखिन आएको हुनाले यस्तो परिस्थितिमा प्रतिवादीलाई सो ज्यान सम्बन्धीका ३२ नं. को सजाय दिन समेत उचित नपर्ने । (प्रकरण नं. ९) ३२ नं. मा अपराधको व्याख्या गर्दा रीस इवीले तर्साउनका लागि गरेको भए भन्ने लेखिएको । (प्रकरण नं. ९) (५) अदालतले डाक्टरको रिपोर्टको मतलब बुझी कारबाई गर्न पर्ने — नबुझे रिपोर्ट दिने वा अरुनै डाक्टरबाट भए पनि रिपोर्टको मतलब खुलाउनु पर्ने । डाक्टर जाँचको रिपोर्टको मुद्दा छिन्ने अड्डाहरूले राय मतलब नबुझी मुद्दा छिनेको देखियो । आइन्दा यस्तो हुन नपाउने गरी जाँच गर्ने डाक्टर पाएसम्म सोही डाक्टरबाट पनि र नपाए अरु मतलब बुझ्ने डाक्टर समेत सँग लासजाँच रिपोर्टको राम्रो मतलब बुझी मात्र कारवाई गरी किनारा गर्ने गर्नु भनी नसिहत दिनु । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 156 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2010/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१८, नि.नं. 156 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
