नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 146 · वि.सं. २०१८

नि.नं. 146 — सरसियोररीको रीट जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भूमिसम्बन्धी ऐन, २०१४ को उद्देश्य र सो उद्देश्यको पूर्तिको लागि अपनाइएको तरीका । भूमिसम्बन्धी ऐन, २०१४ को के उद्देश्य हो ? र सो उद्देश्य पूर्तिलाई के तरीका अपनाइएको छ ? अर्थात् के व्यवस्था गरिएको छ ? भन्ने कुराको बिचार गर्नु पर्ने हुन आएको छ । जग्गावालाले किसानबाट जग्गाको वार्षिक उब्जनीमा सयकडा पचास भन्दा बढी कुत तिरो असुल गर्नु हुँदैन । जिन्सी वा नगदीको रूपमा दिएको ऋणमा कसैले पनि सयकडा १० भन्दा बढी व्याज असूल गर्न पाउँदैन । चारदाम ठेकी झारा खेताला सलामी आदि रकम लिन हुँदैन र किसानले जग्गा कमाउन लिंदा जग्गावालालाई कबुलियत लेखी दिई दोहरी लिनु पर्ने छ र किसानले बुझाएको हरएक रकमको रीतपूर्वक रसीद गरी दिनु पर्ने जग्गावालाको कर्तव्य हुनेछ भन्ने इत्यादि किसान र जग्गावालाको बीच सुसम्बन्ध कायम हुँने व्यवस्था गर्दै । (प्रकरण नं. ९) (२) भूमिसम्बन्धी ऐन, २०१४ ले जोताहालाई प्रदान गरेको अधिकार । ऐन प्रारम्भ भएकै मितिमा जग्गा कमाउने वा प्रारम्भ भएपछि पनि कुनै जोताहाले १ बर्षसम्म जग्गा कमाई राखेको छ भने पनि जग्गावालाले जग्गा जोत्ने व्यक्तिलाई जग्गाबाट निकाल्न नपाउने गरी जोताहालाई जग्गा कमाई रहन पाउने हक भूमिसम्बन्धी ऐन, २०१४ ले प्रदान गरेको छ । (प्रकरण नं. ९) (३) भूमिसम्बन्धी ऐन, २०१४ को दफा ११ र दफा १८ एकै उद्देश्य पूर्तिका लागि व्यवस्था गरिएको । ऐनद्वारा प्रदत्त सुरक्षित किसानको हक प्राप्त किसानहरूको स्थिति निश्चित रूपले ठेगान गरी राख्न तराई तर्फ गाउँ मौजाहरूमा पटवारीहरुले पाहाड खण्डका गाउँ मौजाहरूमा जिम्मावाल मुखियाले सुरक्षित किसानको लगत किताब छुट्टै खडा गरी त्यस्तो किताब पहिलो साल सालतमाम भएको ३५ दिन भित्र र अर्को साल देखि पनि सालतमाम भएका ३५ दिन भित्र ऐनको रीत पुर्‍याई नामसारी वा दाखिल खारेज गर्नु पर्ने समेत जनाई दुरुस्त पारी इलाका माल अड्डामा दाखिल गर्नु पर्ने व्यवस्था दफा १८ मा गरी यस ऐन अन्तर्गत सुरक्षित किसानको हक अधिकार प्राप्तीमा झगडा पर्न आएमा त्यस्तो झगडा हेर्ने अधिकारी सोही दफाको उपदफा (३) मा तोकेको पनि देखिएको छ । उपदफा (३) यस प्रकारको छ : सुरक्षित किसानको यो ऐन अन्तर्गतको हक अधिकार प्राप्तीमा झगडा पर्न आएमा त्यस्तो उजुरीहरूको किनारा लगाउन जिल्ला बडाहाकिम वा मैजिष्ट्रेट वा निजले मनोनीत गरेको सरकारी कर्मचारी र इलाका मालका हाकिमले जो बुझ्न पर्छ सबुद प्रमाण सरजमिन बुझी निर्णय गर्ने छ र त्यस्तो निर्णय अन्तिम हुनेछ । यस उपदफामा सुरक्षित किसानको यो ऐन अन्तर्गतको हक अधिकार प्राप्तीमा झगडा पर्न आएमा भन्ने शब्दहरूको प्रयोग भएकोले ऐनका अरु दफाहरू हेर्दा दफा ११ मा सो सुरक्षित किसानको हक अधिकार प्राप्तीको अबस्था उल्लेख भएको देखिन्छ । ११ बमोजिमको सुरक्षित किसानको हक प्राप्त गर्ने व्यक्तिहरूको लगत खडा गर्ने काम दफा १८ बमोजिम पहाडमा जिम्मावाल मुखियाले र तराई तर्फ पटुवारीहरूले गर्नु पर्ने हुन आएको छ र यसै सिलसिलामा सुरक्षित किसानको लगत खडा गर्दा कुनै किसानले उक्त लगतमा स्थान पाउन सक्ने नसक्ने बारेमा झगडा उत्पन्न हुन सक्ने अर्थात् ऐनको दफा ११ बमोजिम सुरक्षित किसानको हक प्राप्त हुन सक्ने नसक्ने भन्ने बारेमा निर्णय गर्ने अधिकारी १८ को उपदफा (३) ले तोकेको प्रष्ट देखिएको छ । यसरी दफा ११ र १८ एकै उद्देश्य पूर्तिका लागि व्यवस्था गरिएको देखिन्छ । (प्रकरण नं. ९) (४) भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ (३) बमोजिम बडाहाकिम एकलैले गरेको काम कारवाई सदर नहुने – बडाहाकिम वा मैजिष्ट्रेट वा निजले मनोनीत गरेको व्यक्ति र मालको हाकिम समेतको संयुक्त इजलासबाट सबै कार्यबाही हुन पर्ने । एक्लै गरेको कारवाई गैरकानूनी हुने । ऐनको दफा १८ को उपदफा (३) मा सुरक्षित किसानको हक प्राप्तीमा झगडा पर्न आएमा बडाहाकिम वा मैजिष्ट्रेट वा निजले मनोनीत गरेको व्यक्ति र मालको हाकिमले जो बुझ्नु पर्छ सबुद प्रमाण र सरजमिन बुझी निर्णय गर्ने छ भन्ने लेखिएकोबाट यो स्पष्ट हुन्छ कि बडाहाकिम मालको हाकिम दुबैको इजलासबाट काम कारवाई हुन पर्छ । प्रस्तुत मामिलामा बडाहाकिमले सरजमिन बुझ्नेदेखि लिएर बयान गराउने लगायत सबै काम आफू एक्लैले गर्नु भएको छ । यी दुवै कारवाई अलिकति पनि घटी बढी भएमा सम्पूर्ण मामिला कोरा आधार बन्न गई निर्णयमा असर पार्ने किसिमको कारवाई छन् । तसर्थ, भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ (३) बमोजिम बडाहाकिम एक्लैले सरजमिन बुझ्ने र बयान गराउने इत्यादि कारवाई जो गर्नु भयो, त्यो गैरकानूनी छ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.146
मुद्दाको विषयसरसियोररीको रीट जारी गरी पाउँ
निर्णय वर्ष / मिति2018/04/04
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 146
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्