नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 153 · वि.सं. २०१८

नि.नं. 153 — न्वारान गराई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रगत जाँचबाट यसैको सन्तान हो भन्ने एकिन हुन नसक्ने । रतग जाँचबाट यसैको सन्तान हो भन्ने कुरा एकिन हुन नसक्ने भन्ने बिशेषज्ञहरूको रिपोर्टबाट देखियो । (प्रकरण नं. ३२) (२) अनुहारको भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नहुने । वादीको छोरीको अनुहार हेर्दा धेरै जसो आमासँग मिल्ने देखिएको । नाक देखि मुन्तिरको भाग केही बाबुसँग मिल्ने देखिए तापनि त्यतिकै भरमा मात्र निष्कर्शमा पुग्न मुनासिब नदेखिएकाले । (प्रकरण नं. ३३) (३) स्वास्नी माइतीमा हुँदा आउने जाने गरेको भन्ने स्वास्नी तर्फको भनाई भएकोमा – लोग्ने तर्फबाट ‘होइन’ भन्ने प्रमाण गुजार्न नसके आउने जाने गरेकै देखिने – र, सम्पर्क भएकै देखिने । ०३ सालको घोडेजात्रा पछि माइत गएको भन्ने वादी । ३ साल श्रावणमा गएको भन्ने प्रतिवादी भएको । प्रतिवादीका टोलका सरजमिनले वादीलाई ३ साल श्रावण ४।५ गते देखि नदेखिएको भनेका र वादीका सरजमिनले ४ साल जेष्ठ महिना देखि ६।७ महिनासम्म प्रतिवादी वादीको माइतीमा आउने जाने गरेको देखेको हुँ भनि बकेको र प्रतिवादी तर्फका सरजमिनले वादीलाई घरमा नदेखे तापनि प्रतिवादी वादीको माइत जाने गरेका थिएन भनी भन्न नसकेको र वादी तर्फका साक्षी र सरजमिन दुबैले प्रतिवादी वादीका माइतमा आउने गरेको देखेको भनी किटानी साथ बकेको र प्रतिवादीले वादीको माइतामा जाने गरेको थिएन भनि सबुद पुर्‍याउन नसकेकोले वादीको प्रतिवादीसँग सम्पर्क भएकै देखियो । (प्रकरण नं. ३३) (४) लोग्ने स्वास्नीको सम्पर्क भइरहेकै देखिएमा वैवाहिक सम्बन्ध रीतपूर्र्वक बिच्छेद भएको नदेखिएमा र गर्भ धारण गराउने अयोग्यता प्रमाणित गराउन नसकेमा गर्भ लोग्नेकै ठहर्ने । प्रतिवादीले वादीलाई विवाह गरी दुवै वैवाहिक बन्धनमा रहेको र पारपाचुकेद्वारा सो बन्धन बिच्छेद भएको पनि देखिएन । यस्तो अबस्थामा लोग्ने स्वास्नीको सम्पर्क भेटघाट थिएन भन्ने वा सम्पर्क भएर पनि गर्भ धारण गराउने अयोग्यता लोग्नेमा थियो भन्ने कुरा प्रमाणित नभएसम्म जन्मेको बालक लोग्नेकै ठहर्ने । (प्रकरण नं. ३४) प्रतिवादी पक्षबाट : सिनियर एडभोकेट राधाकृष्ण बिहारी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.153
मुद्दाको विषयन्वारान गराई पाउँ
निर्णय वर्ष / मिति2019/02/23
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 153
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्