सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४३४ / ४४०

नि.नं. 145वि.सं. २०१८संयुक्त इजलास

कृश्चियन धर्ममा लाग्यो भन्ने

(१) अबस्था परी पोल गरेको स्वभाविकै देखिने र सोलाई मान्यता दिन नमिल्ने । कृश्चियन धर्ममा लागेमा कृष्णबहादुर उपर दलबहादुर समेतले पोल गरे पनि निजले अहिलेसम्म आफ्नै धर्ममा छु । कृस्चियन धर्म मन परेन भनी इन्कार गरेकाले निजले आफ्नु धर्म छोड्न नचाहेको । एकै क्षेत्रमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 144वि.सं. २०१८संयुक्त इजलास

लिखत बदर

(१) आफ्नै उजुरबाटै अंशबण्डाको कागज तैयार भई बण्डापत्रमा मन्जुर समेत गरी सकार गरी सकेपछि – मन्जुरी बेगर भएको भनी बदर गर्न नमिल्ने – दावी गरेकोमा – एकलौटी हकको सबुद पुराउनु पर्ने – हक सबुद गुजार्न नसके दावी साँचो भन्न नहुने । अपीलाटले नै मेरो भाग अंश पाउँ भनी उज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 143वि.सं. २०१८संयुक्त इजलास

अंश जालसाजी

(१) शेषपछिको बकसपत्र भएमा – दाता जीवितै भए बकस पाउनेको हक नलाग्ने हुँदा जालसाज बिषयको मुद्दा २ बर्ष पछि हदम्याद नाघेर उजुर गरेको भन्न नमिल्ने । पेवाको सबुद दानदातव्यको ४ नं. मुताविक गुजार्न पर्ने – सगोलको अंशियारको आर्जनमा अंशबण्डाको ३७ नं. मुताविक सबै अंशियार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 142वि.सं. २०१८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) बयान स्वभाविक तवरले एक मुख मिलानको भएमा र पोलापोल गर्न पर्ने कारण नदेखिएमा अभियुक्तहरू परस्पर साक्षी जस्तो भइ बयान गरे तापनि साविति भई गरेको कुरा मान्य नै हुने । नभएको कुरा हो कि भनी शंका गर्न पनि हामी खोलामा माछा मार्न लागेका बखत मूल बाटोबाट हिंडी आएका ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 141वि.सं. २०१८संयुक्त इजलास

जालासजी

(१) फलानाकै हकको हो भनि सबुद गुजार्न नसकेमा, र मालको दर्ता उतारबाट एकैमात्रको नभई विभिन्नको नाममा दर्ता देखिएमा – सबै हक नपुग्नेबाट गराई लिएको राजीनामा बदर हुने । चामुको दर्ता हकको जग्गा जति जम्मै धनश्रीको मात्र हक हो भन्ने कुराको प्रतिवादीहरूले सबुद केहि गुजा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 140वि.सं. २०१८पूर्ण इजलास

खुन (ज्यान)

(१) यसैले यसो गरी दिएको भन्ने कुराको एकै मुख भएमा फलाना फलानै कारणबाट फलानै ठाउँमा भन्ने कुरामा दुई राय नभएमा – र “आगोमा हाली पोली दियो” भन्ने शब्दबाट आगो सल्की गरेको अर्थ नआउने कामातुरबाट मानसिक स्थितिमा बाधकलाई जे गर्न पनि सम्भावना हुने । खुन जस्तो फौज्दारी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 139वि.सं. २०१८संयुक्त इजलास

लेनदेन

(१) दर्खास्तलाई दुवै पक्षले नयाँ एग्रिमेन्ट मानी प्रतिवादीतर्फबाट सोहीको नै आधारमा नयाँ मेनेजर नियुक्त गरी सो ले गरेको काम कारवाईमा कुनै बिरोध नदेखाई काम कारवाई गरी गराउदै आएमा पछि उपरोक्तलाई नयाँ एग्रिमेन्ट होइन भनी प्रतिवादीले जिकिर गर्न नमिल्ने । उक्त ०११।६…

नजिर सार पढ्नुहोस् →
नि.नं. 138वि.सं. २०१८संयुक्त इजलास

.

(१) घर बनाउनेको १० नं. को वाक्यांशमा रहेको “घर बनाउन हुँदैन” भन्नेको अर्थ – अदालतले झगडाको टुंगो नलाग्दै अन्तरिम आदेशबाट घर बनाउन रोक्न नमिल्ने । हक नपुगेको वा झगडा परेको जग्गामा घर बनाएमा घर बनाउनेको १० नं. बमोजिम अदालतले बीचैमा रोक्न मिल्छ, मिल्दैन ? भन्ने प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 137वि.सं. २०१८संयुक्त इजलास

जग्गा जालसाजी

(१) अदालती कारवाई विविध व्यवस्था ऐन, २०१७ को दफा १८ अन्तर्गत कस्तो म्याद तारिख थामिने ? तारिख गुज्रेको थमाउने म्याद बाँकी नै भएमा र तारिख गुज्रेको कारण मनासिब नठहरेमा उपरोक्त ऐनले पाउने सुविधा दिन नमिल्ने । अदालती कारवाई विविध व्यवस्था ऐन, २०१७ को दफा २८ अन्तर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 136वि.सं. २०१८संयुक्त इजलास

घरबाट उठाई बाहाल दिलाई पाउँ

(१) अ. बं. २१८ नं. – वारिसद्वारा मुद्दा सकार गराउन हुने । यसमा व्यहोरा साँचो भए अ. बं. ८९ नं. ले वारिस दिन पाउने यो मुद्दा देखिएको र अ.बं. २१८ नं. मा वारिसद्वारा मुद्धा सकार गराउन हुँदैन भन्ने लेखिएको नदेखिएको । निवेदकको निवेदन पहिले ०१८।५।२१ मा र अहिले ०१८।५।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 135वि.सं. २०१८पूर्ण इजलास

लेनदेन

(१) बक्स भई आएको हुकुम प्रमांगीमा “व्यहोरा साँचो भया” भन्ने बक्स भएकोमा निबेदकको निवेदन व्यहोरा नै झुट्टा भएमा दोहरिन नसक्ने । व्यहोरा साँचो भएमात्र दोहरिने । निवेदकको निवेदन जिकिर ०१७।३।२९।३ मा फुलबेञ्चबाट भएको आदेश समेत हेरि बिचार गर्दा निवेदकको प्रस्तुत निव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 134वि.सं. २०१८संयुक्त इजलास

थुनछेक

(१) सार्वजनिक शान्ति सुरक्षा ऐन, २००७ अन्तर्गत नजरबन्द राख्न सक्ने बडाहाकिमको अख्तियार भएकोमा – ऐनसम्म फरक पारेर थुनेकोमा – जरिवाना गर्न नमिल्ने । शान्ति सुरक्षा निमित्त सार्वजनिक शान्ति सुरक्षा ऐन, २००७ अन्तर्गत नजरबन्द राख्न सक्ने अधिकार गोश्वाराका बडाहाकिमल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 133वि.सं. २०१८संयुक्त इजलास

सरसियोररीको रीट जारी गरी पाउँ

(१) भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को (३) मुताविक सुरक्षित किसानको हकसम्मको निरोपणा गर्नु पर्ने भएमा – मालको हाकिम बडाहाकिमको सम्मिलित संयुक्त इजलासबाट हेर्न मिल्ने । सो जग्गाको पक्ष विपक्ष मध्ये सुरक्षित किसान कुन चाही हो ? भन्ने कुराको निर्णय दिनु पर्ने हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 132वि.सं. २०१८पूर्ण इजलास

जग्गा खिचोला लुटपीट

(१) जग्गा जमिनको गोश्वाराका ५ नं. मा सरकारबाट केही कुरा बनाउदा सरकारलाई चाहिने भएमा लेखिएको सरकारबाट बनिएको निस्सा प्रमाण नदेखिएमा र अदालतमा तेरो मेरोमा झगडा परी नै रहेको भएमा – बीचैमा अरुमा दर्ता गरी दिनु भनी लगत काट्ने निकासा दिएमा सो निकासा मुनासिब भन्न नहु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 131वि.सं. २०१८संयुक्त इजलास

कुटपीट

(१) वादीका घा खत यस किसिमबाट परेको हो भन्ने र फलानाको बयान यस कारण झुट्टा हो भन्ने कुराको प्रमाण प्रतिवादीले गुर्जानु पर्ने । घा जाँच मुचुल्काबाट र वादी उजुरी र निज तर्फका साक्षी कालु कृष्णदत्तका बयानबाट वादीका आङमा घा खत नील परेकै देखिएको । कालु कृष्णदत्तको ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 130वि.सं. २०१८एक न्यायाधीशको इजलास

प्रतिशेधको रीट जारी गरी पाउँ

(१) कस्तोमा प्रतिशेधको आदेश जारी गर्ने प्रश्नै नउठ्ने ? गुलावनारायणको जाहेरी उजुरी परी वि. पु. वि. बाट तहकिकात कारवाई गरी स्वीकृतिका लागि श्री ५ को सरकारमा पेश भई श्री ५ को सरकारबाट पनि जे जो गर्नु पर्ने निर्णय गरी मुद्दा बिशेष अदालतमा सुम्पी दिई सकेपछि लेखिएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 129वि.सं. २०१८संयुक्त इजलास

बकसपत्र बदर गरी पाउँ

(१) “हेरबिचार, पालन–पोषण, टहल चाकरी गरी आएको हुँदा सो रिजवापत हामी मरेपछि दागबत्ति, काजक्रिया, पिण्डपानी समेत तिमीले गरी गराई” भन्ने बोली परेको कागजलाई शेषपछिको बकसपत्र भन्न पर्ने । तिमी ख. तेजराजले हेरबिचार पालन–पोषण टहल चाकरी गरी आएको हुँदा सो रिजवापत र हामी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 128वि.सं. २०१८संयुक्त इजलास

.

(१) न्याय प्रशासन ऐन, २०१६ लागु भएपछि बिशेष अदालत, जिल्ला अदालत स्तरको देखिने । रा. से. भ्र. नि. ऐन, २०१३ अन्तर्गत बिशेष अदालतले फैसला गरेको मुद्दाको न्याय प्रशासन ऐन, २०१६ लागु हुनुभन्दा अगाडि उक्त ऐनले सर्वोच्च अदालतमै अपील लाग्ने व्यवस्था भएको र न्याय प्रशा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 127वि.सं. २०१८संयुक्त इजलास

उत्प्रेषणको रीट

(१) प्रदत्त अधिकार प्रचलित ऐन अधिनमा रही मात्र पाइने । नागरिक अधिकार ऐन, २०१२ को दफा ६ ले नागरिकलाई दिएको प्रकाशन स्वतन्त्रता समेतको अधिकार प्रचलित ऐन अधिनमा रही मात्र पाएको हो भन्ने कुरा सन्देह छैन । (प्रकरण नं. १८) (२) प्रकाशन स्वतन्त्रताको अर्थ । प्रकाशन स्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 126वि.सं. २०१८पूर्ण इजलास

बन्धकी जग्गा निखनाई पाउँ

(१) दर्ता उपर चित्त नबुझेमा जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर गर्नु पर्ने । ९७ साल देखि महेन्द्रनाथका नाउँमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो चलेको । सो दर्ता उपर ऐनको म्याद भित्र उजुर नपरेकोबाट सो जग्गामा उसै बखत देखि नै पुतलीको हक टुटी सकेको देखिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 125वि.सं. २०१८पूर्ण इजलास

जग्गा

(१) बेगर सबुदले, फैसला कायम ठहरेको कुत भन्दा बढी लिन नमिल्ने । जग्गा बढाई दिएकोबाट फैसलाले पाउने भन्दा बढी कुत लिने दिने गरेको भन्ने सबुद दिन प्र. हरिबहादुरले नसकेको । मुद्दा परी फैसलाले कायम ठहरेको कुत ५०। भन्दा बढी लिन पाउने सबुद बेगर बढी कुत लिन पाउँछ भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 124वि.सं. २०१८संयुक्त इजलास

जालसाजी

(१) अघिनै पोइल गएकी र पछीमात्र पोइल गइसकेको मानिससँग राजीनामा गरी लिएको भन्ने उजुरी परेमा प्रतिवादीले नै होइन भन्ने प्रमाण गुजार्नु पर्ने । फाल्गुनमा जातक पायो । अघी नै पोइल गइसकेको मानिससँग सोही सालको पौष १ गते राजीनामा गरी लिएको भन्ने समेत उजुरी दिएकोमा प्रत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 123वि.सं. २०१८संयुक्त इजलास

उत्प्रेषणको रीट

(१) यो अवस्थामा यो यो नै रूपमा थियो भन्ने कुराको प्रमाण निवेदकले गुजार्नु पर्ने । मदेश गोश्वारा ऐनको दफा २ को उपदफा (ख) को दफा (क) को दफा ३ मा भन्सार बिषयको र कालोबजार बारेको जति सुकै बिगो दण्ड कैद हुने र अरू सरकार दुनियाँ सम्बन्धीको मुद्दामा बडाहाकिमले पाएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 122वि.सं. २०१८पूर्ण इजलास

बेहिसावको नालिस खारेज गरी पाउँ

(१) अ. बं. ९० नम्बर – वारिस दिन हुने मुद्दामा अख्तियारनामा ऐन बमोजिम रीत नपुगेको भएमा रीत नपुगेको जति कुरा खोली ल्याएमा लाग्ने । ऐनले वारिस दिन हुने मुद्दामा वारिस हुनेलाई वारिस गरी पठाएमा वारिस भई आउनेले पेश गरेको अख्तियारनामा ऐन बमोजिमको रीत नपुगेको भए रीत न…

नजिर सार पढ्नुहोस् →