नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 136 · वि.सं. २०१८
नि.नं. 136 — घरबाट उठाई बाहाल दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अ. बं. २१८ नं. – वारिसद्वारा मुद्दा सकार गराउन हुने । यसमा व्यहोरा साँचो भए अ. बं. ८९ नं. ले वारिस दिन पाउने यो मुद्दा देखिएको र अ.बं. २१८ नं. मा वारिसद्वारा मुद्धा सकार गराउन हुँदैन भन्ने लेखिएको नदेखिएको । निवेदकको निवेदन पहिले ०१८।५।२१ मा र अहिले ०१८।५।२७ मा दर्ता गरेको देखिएकाले म्याद भित्रैको देखिंदा ऐन बमोजिम रीतपूर्वकको वारिसनामा दिए लिई विष्णुबहादुरको हकमा बारिसद्वारा मुद्दा सकार गराई दिई ऐन बमोजिम गर्नु । नोट : निवेदकको निम्नलिखित व्यहोराको निवेदनपत्र परेको (सम्पादक) म निवेदक निम्न लिखित निवेदन गर्दछु १. वादी रत्नकुमारी मानन्धरनीको र प्र. रामजसनी कलवारनीको उक्त मुद्दा सर्वोच्च अदालतमा दायर रहेको र वादी रत्नकुमारी परलोक हुनु भएकोले सर्वोच्च अदालतबाट हकवाला विष्णुबहादुरका नाउँमा मुद्दा सकार गर्न आउँन म्याद गएको थियो । सो म्याद यही भाद्र २८ गते पुग्दछ । २. उक्त म्यादमा सर्वोच्च अदालतमा हाजिर भई मुद्दा सकार गरी पुर्पक्ष गर्न निज विष्णुबहादुरले मलाई वारेस गरी पठाउनु भएकोले निजका तर्फबाट मुद्दा सकार गर्न पाउँ भनी मैले १८।५।२१ गते तो. नं. ७८ को निवेदनपत्र दिएको थिएँ । बिपक्षीले वारेसद्वारा मुद्दा सकार गराउन हुँदैन भनी वारेसनामा लिई मुद्दा सकार गराई दिनु भएन । ३. अदातली बन्दोवस्तको ८९ नम्बर र २१८ नम्बरले वारेसद्वारा सकार हुन सक्नेमा नगराई दिंदा मर्का परेकोले निवेदन गरेको हुँ । वारेसनामा लिई मुद्दा सकार गराई दिनु भन्ने आदेश गरी पाउँ । ५. यसमा लेखिएको व्यहोरा ठीक साँचो छ । झुट्टा ठहरे ऐन बमोजिम बुझउँला । निवेदक पद्मबहादुर मानन्धर बिराटनगर बजार । इतिसम्बत् २०१८ साल भाद्र ..गते रोज शुभम् । उपरोक्त निवेदन पत्रमा श्री माननीय न्यायाधीश ज्यूहरूबाट भएको आदेश (सम्पादक)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 136 |
|---|---|
| मुद्दाको विषय | घरबाट उठाई बाहाल दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2018/05/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१८, नि.नं. 136 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
