नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 132 · वि.सं. २०१८

नि.नं. 132 — जग्गा खिचोला लुटपीट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गा जमिनको गोश्वाराका ५ नं. मा सरकारबाट केही कुरा बनाउदा सरकारलाई चाहिने भएमा लेखिएको सरकारबाट बनिएको निस्सा प्रमाण नदेखिएमा र अदालतमा तेरो मेरोमा झगडा परी नै रहेको भएमा – बीचैमा अरुमा दर्ता गरी दिनु भनी लगत काट्ने निकासा दिएमा सो निकासा मुनासिब भन्न नहुने । भोगचलन गर्न पाउने हैन भन्न मुनासिब नपर्ने हुँदा शुरु कुन्छा अदालतको अपील तेश्राको सदर गरेको इन्साफ सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१७।११।२६।५ को मुनासिब छ । (प्रकरण नं. ५) जग्गा जमिनको गोश्वाराका ५ नं. मा सरकारबाट केही कुरा बनाउदा सरकारलाई चाहिने भएमा भन्ने लेखिएको । त्यस्तो सरकारबाट बनिएको निस्सा प्रमाण नदेखिएको । पब्लिक स्कूल बनाउन माग भई अदालतमा तेरो मेरोमा झगडा परेको किनारा नहुँदै बीचमा ९१ सालको दर्ता जग्गा पाठसालामा दर्ता गरी दिनु भनि निकासा दिई लगत काट्ने निकासा भएको र भई आएको नक्शा सरजमिन मुचुल्कामा पनि सो झगडा परेको जग्गामा सरकारी पाठशाला छैन । हाल सरकारी पाठशाला कटुवाल डाँडामा राखी पढाई आएको छ भन्ने समेत लेखिएको देखिनाले समेत अर्काको ९१ साल देखि दर्ता तिरो तिरी आएको जग्गा दर्तावालाका बेवर्जित, पाठशाला खडा गराउने गरेको समेत सिंगल बेञ्चको राय मुनासिब ठहराई गरेको ०१२।११।२३।३ को डिभिजन बेञ्चको फैसलाबाट भएको ईन्साफ मुनासिव भन्न नमिल्ने । १६।१२।२९।२ को डिभिजन बेञ्चको राय मुनासिव देखिएकोले शुरु र अपीलका फैसालामा लेखिएका बुँदा प्रमाणबाट समेत इन्साफ शुरुको सदर गरेको ०१०।७।१२।४ को अपील तेश्राको इन्साफ मुनासिब ठहर्छ । १२।११।२३।३ को डिभिजन बेञ्चको फैसलासँग सहमत नभई रुलिंग बाझिएको हुँदा निर्णय निमित्त फुलबेञ्चमा पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०१७।११।२६।५ को फैसला । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.132
मुद्दाको विषयजग्गा खिचोला लुटपीट
निर्णय वर्ष / मिति2018/03/06
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 132
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्