नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 126 · वि.सं. २०१८
नि.नं. 126 — बन्धकी जग्गा निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दर्ता उपर चित्त नबुझेमा जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर गर्नु पर्ने । ९७ साल देखि महेन्द्रनाथका नाउँमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो चलेको । सो दर्ता उपर ऐनको म्याद भित्र उजुर नपरेकोबाट सो जग्गामा उसै बखत देखि नै पुतलीको हक टुटी सकेको देखिन आउने (प्रकरण नं. १२) वादी पुतलीकै मन्जुरीले महेन्द्रनाथका नाउँमा ९७ सालमा नम्बरी दर्ता भई निजैबाट भोग तिरो समेत चलेको । सो दर्ता उपर चित्त नबुझी जग्गा पजनीका ३४ नं. का ऐनको म्याद भित्र उजुर नगरी ०६ सालमा मात्र वादीको उजुर परेको । (प्रकरण नं. ११) (२) मुद्दा दायर छँदै उही जग्गा राजिनामा गर्नु बेमुनासिब हुने । झगडा पर्दा पर्दैका अवस्था अपुतलीबाट दोलराजले राजिनामा गराई लिएको सदर पक्का नठहर्ने । (प्रकरण नं. १२) उजुर परी मुद्दा दायर छँदै पुतलीले बुद्धिकलाको लोग्ने दोलराजलाई यही जग्गा राजिनामा गरेको मुनासिब भन्न नहुने । मुद्दा टुंगो नलाग्दैको अवस्थामा पछि सोही जग्गा किनबेच गरेको थैलिकोसम्म नाताले तहतह सकार हुँदै आएको । त्यस्तो सकार गरेको माथि लेखिएका ऐनले सदर मान्न नहुने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 126 |
|---|---|
| मुद्दाको विषय | बन्धकी जग्गा निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2017/09/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१८, नि.नं. 126 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
