नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 144 · वि.सं. २०१८

नि.नं. 144 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफ्नै उजुरबाटै अंशबण्डाको कागज तैयार भई बण्डापत्रमा मन्जुर समेत गरी सकार गरी सकेपछि – मन्जुरी बेगर भएको भनी बदर गर्न नमिल्ने – दावी गरेकोमा – एकलौटी हकको सबुद पुराउनु पर्ने – हक सबुद गुजार्न नसके दावी साँचो भन्न नहुने । अपीलाटले नै मेरो भाग अंश पाउँ भनी उजुर गरेबाट उहाँको पिताज्यू कुवलयराज बुझ्दा मेरो १ भाग जयराजको १ भाग समेत २ भाग जयराजलाई र टिकाराजको १ भाग निज जिम्मा दिनु भन्ने जवाफ आएबाट अंशबण्डा गर्ने कागज बनाई अपीलाटलाई देखाउन पठाउदा भाग बण्डा मिलाएको ठिक दुरुस्त छ । सो बमोजिम भाग बण्डा गरी लिन दिनामा मेरो मन्जुर छ भनी अपीलाटले नै मन्जुर गरेबाट २०००।४।१०।१ मा अंशबण्डाको खड्गनिशाना भएको मिसिल सामेल रहेको खड्गनिशाना नक्कलबाट देखिएको । उसबखत अंश पाउँ भनी उजुर गर्ने आफैं बण्डा मिलाएको ठीक छ । सो बमोजिम लिना दिनामा मन्जुर गरी बण्डा लिने आफै त्यो बण्डामा कदाचित चित्त नबुझेको भए अंश पाउँ भनी उजुर गर्न सक्नेले चित्त नबुझेको कुरामा उसै बखत मौकैमा उजुर गर्न सक्नुपर्ने, नगरी आफ्नै मन्जुरी बमोजिम बण्डाको खड्गनिशाना भई सो बमोजिम आफ्ना भागमा परेको बण्डा सकार गरी लिएपछि सो खड्गनिशाना अंशियारको मन्जुरी बेगर भएकोले बदर हुने भनी दावी गर्दैमा बिक्री भएको घर जग्गा एकलौटी हक हो भन्ने सबुद प्रमाण बेगर अपीलाटको अपील जिकिर उजुर दावी साँचो मान्न नहुने हुनाले समेत वादी अपीलाटको उजुर झुट्टा ठहराएको इन्साफ अपील दोश्रा फाँटको मुनासिब छ । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.144
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2018/04/08
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 144
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्