नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 143 · वि.सं. २०१८

नि.नं. 143 — अंश जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शेषपछिको बकसपत्र भएमा – दाता जीवितै भए बकस पाउनेको हक नलाग्ने हुँदा जालसाज बिषयको मुद्दा २ बर्ष पछि हदम्याद नाघेर उजुर गरेको भन्न नमिल्ने । पेवाको सबुद दानदातव्यको ४ नं. मुताविक गुजार्न पर्ने – सगोलको अंशियारको आर्जनमा अंशबण्डाको ३७ नं. मुताविक सबै अंशियारको हक पुग्ने । यसमा ९० साल कार्तिक ११ गते रोज ६ मा पास भएको तमसुकमा प्रतिवादी कान्छी डंगोल्नीको दाइजो पेवाबाट खरीद भएको भनि नजनिएको र सो भएको मितिले २ बर्ष भित्र उजुर गर्न पर्ने भन्ने हकलाई वादी त्यस बखत नाबालक भएको र सो दाइजो पेवाबाट खरीद भएको साँचो भए प्रतिवादी कान्छीले नै आफ्नु नातिनीहरूलाई ११।१०।११ मा लेखी दिएको बकसपत्रमा पनि लेखिन पर्ने । सो पनि नभएको । अंश मुद्दामा नालिस गर्दा प्र. शेरबहादुरले आफ्नो प्रतिउत्तरपत्रमा लेखेको व्यहोराबाट मात्र अंश मार्न जाल गर्न थाले भनी थाहा पाउनु स्वभाविकै हुँदा र त्यस मितिले ऐनका म्याद भित्र यो जालसाजीमा उजुर परेकै देखिएकाले अरु सिंगलका रायमा लेखिएका बुँदा प्रमाणबाट समेत प्रतिउत्तरपत्रको व्यहोरा जालसाज गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं. ८) अंशबण्डा हुने घरलाई अंश मार्न जाल गरी प्रतिउत्तर दिए भन्ने दावी भएकोबाट ९० सालको खरिदी मितिको २ बर्षको हद लाग्न र शेषपछि बकस पाउनेको हक पुगी भोग भएका २ बर्षसम्म दानदातव्यको १५ नं. ले नालिस लाग्नेमा कान्छी जीवतै हुनाले बकस पाउने नातिनीहरूको हकै पुगी नसकेबाट बकसपत्र उपर उजुर नगरेको भन्न समेत नमिल्ने र दानदातव्यको ४ नं. को रीत पुगेको पेवाको सबुद नआएको । अंश बण्डाको ३७ नं. ले सगोलको अंशियारको आर्जन सबै अंशियारलाई भाग बण्डा लाग्ने । अघिको स्वबासी घर ७९ सालमा प्र. शेरबहादुरले बिक्री गरेपछि ९० सालमा कान्छीका नाउँमा खरिद गरेको । पछि बनाउदा पनि सगोलमै बनाएको घर वादीको अंश लाग्दैन भन्न नभई । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.143
मुद्दाको विषयअंश जालसाजी
निर्णय वर्ष / मिति2016/08/21
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 143
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्