नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 124 · वि.सं. २०१८

नि.नं. 124 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अघिनै पोइल गएकी र पछीमात्र पोइल गइसकेको मानिससँग राजीनामा गरी लिएको भन्ने उजुरी परेमा प्रतिवादीले नै होइन भन्ने प्रमाण गुजार्नु पर्ने । फाल्गुनमा जातक पायो । अघी नै पोइल गइसकेको मानिससँग सोही सालको पौष १ गते राजीनामा गरी लिएको भन्ने समेत उजुरी दिएकोमा प्रतिवादीले सो कुरा होइन भन्न नसकेको (प्रकरण नं. ९) (२) बिधुवा अंश धनका १ नम्बरको देहाय ४ दफा बाजेको आर्जनमा अचलनमा रु. ५०० सम्म खुश गर्न पाउने । सो भन्दा हकवालाको मन्जुरी लिनु पर्ने । हकवालाको मन्जुरी बेगरको सदर नहुने । बाजेको पालाको आर्जनको जग्गा देखिन आएकाले त्यस्तो जग्गा ३ पुस्ता भित्रका हकदार वादीहरूलाई नदेखाई रु. ५०० भन्दा माथिको लिखत देखिनाले बिधवा अंश धनका १।४ नं. ले बिधुवा नैनाले गरी दिएको राजिनामा सदर नहुने हुनाले सो राजिनामा कायम गरी शुरुको सदर गरी छिनेको वुटौल अपीलको इन्साफ गल्ती । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.124
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2015/06/21
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 124
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्