नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 131 · वि.सं. २०१८

नि.नं. 131 — कुटपीट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीका घा खत यस किसिमबाट परेको हो भन्ने र फलानाको बयान यस कारण झुट्टा हो भन्ने कुराको प्रमाण प्रतिवादीले गुर्जानु पर्ने । घा जाँच मुचुल्काबाट र वादी उजुरी र निज तर्फका साक्षी कालु कृष्णदत्तका बयानबाट वादीका आङमा घा खत नील परेकै देखिएको । कालु कृष्णदत्तको बयान यस कारणले झुट्टा भन्न र वादीको घा खत यस किसिमले वा यस परिबन्दले पर्न गएको हो वा हो भन्ने पक्का प्रमाण प्रतिवादीहरूले पेश गर्न नसकेका । प्रतिवादीहरू वादीका पुरातन देखिका इविवाला देखिएकाले पुलिसका ३ जनालाई हात लिई कुटपिटको वारदात गरी वादीका आङमा घा खत नील पारेकै ठहराई शुरु र डोटी अपीलको इन्साफ बदर गर्ने गरेको राय सर्वोच्च अदालत पश्चिम दौडाहाका श्री मा. न्या. भैरवप्रसाद उपाध्यायको राय मुनासिव । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.131
मुद्दाको विषयकुटपीट
निर्णय वर्ष / मिति2016/10/11
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 131
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्