नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 129 · वि.सं. २०१८

नि.नं. 129 — बकसपत्र बदर गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) “हेरबिचार, पालन–पोषण, टहल चाकरी गरी आएको हुँदा सो रिजवापत हामी मरेपछि दागबत्ति, काजक्रिया, पिण्डपानी समेत तिमीले गरी गराई” भन्ने बोली परेको कागजलाई शेषपछिको बकसपत्र भन्न पर्ने । तिमी ख. तेजराजले हेरबिचार पालन–पोषण टहल चाकरी गरी आएको हुँदा सो रिजवापत र हामीहरू मरेपछि दागबत्ति, काजक्रिया, पिण्डपानी समेत तिमीले नै गरी–गराई भन्नेसमेत बोली परेको ०१४।८।२८।७ को कागजलाई शेषपछिको बकसपत्र नभनी बन्देजको कागजमात्र हो भनी भन्न नमिल्ने हुँदा र ०१७।४।२।१ का डिभिजन बेञ्चको फैसलामा लेखिएको हुँदा प्रमाणबाटसमेत शुरु अपीलले छिनेको सदर गरी गरेको इन्साफ उक्त ०१७।४।२।१ का डिभिजन बेञ्चको फैसला मुनासिब ठहर्छ । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.129
मुद्दाको विषयबकसपत्र बदर गरी पाउँ
निर्णय वर्ष / मिति2017/10/18
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 129
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्