नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 125 · वि.सं. २०१८
नि.नं. 125 — जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बेगर सबुदले, फैसला कायम ठहरेको कुत भन्दा बढी लिन नमिल्ने । जग्गा बढाई दिएकोबाट फैसलाले पाउने भन्दा बढी कुत लिने दिने गरेको भन्ने सबुद दिन प्र. हरिबहादुरले नसकेको । मुद्दा परी फैसलाले कायम ठहरेको कुत ५०। भन्दा बढी लिन पाउने सबुद बेगर बढी कुत लिन पाउँछ भन्न नहुने (प्रकरण नं. ४) (२) कस्तो कबुलियत प्रमाण नलाग्ने ? प्र. का जिकिर बमोजिम ९०।१०।११।४ का कबुलियत बमोजिम मो. रु. ५। कुत लिन पाउने हुन् कि भन्न डिल्लीबजार बस्ने हाकुभाजु पुनबीर १ कान्छा भन्ने हर्कमान महर्जनले गरिदिएको ९०।१०।११।४ को कबुलियत मुद्दा छलफल बहस हुँदा प्र. हरिबहादुरले सक्कल कबुलियत लेखत यही हो यसबाट रु. ५। खास मैले पाउनु पर्छ भनी पछाडी पट्टी स. जं. को छाप लागेको लेखत देखाउनु भएबाट सो देखाउनु भएको सक्कल लिखत हेर्दा सो सक्कल लिखत कबुलीयतको ८।९ हरफमा (आ. मै. त. ) १२ हरफामा (छ) १३ हरफमा (५०५ पाँच) १६ हरफमा (५) मितिमा (९०) समेत अक्षर अंक पुरापुर सच्याएको र मितिको (माघ ११।४) भन्ने अक्षर अंक र उक्त पेट व्यहोरामा सच्चिएका अंक अक्षर समेत बेगल मसिले सच्चाई लेखेको । उक्त सचिएका ५। को अंक अघि ४ अंक अक्षरले लेखिएमा त्यसैलाई सच्चाई ५ गरेको स्पष्ट देखिएको । जुन कबुलियत लेखनबाट मैले रु. ५ पाउनु पर्छ भन्ने प्र. हरिबहादुरको जिकिर हो, त्यही लिखत शुरु मुख्य अंक नै सच्चाई प्रष्ट देखिँदा देखिँदै त्यस्तो ऐनले प्रमाण नलाग्ने । (प्रकरण नं. ४) ३. घरायसी टिप्पणी स्याहा प्रमाण मान्न नहुने । त्यसपछिका रु. ५। बुझाएको टिप्पणी स्याहा प्रमाण लाग्न आउँछ भन्न नहुने । मैले रु. ५०। बुझाएकोमा रु. ५ मा सहीछाप गराएकोमा अंक अक्षर नजान्ने निअक्षरी भन्ने वादीले लेखेको । त्यस्तो निअक्षरीलाई प्र. हरिबहादुरले आफ्नो सबुद प्रमाण पुर्याउन सक्छु कि भनि खडा गरेको घरायसी टिप्पणी स्याहा मान्न नहुने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 125 |
|---|---|
| मुद्दाको विषय | जग्गा |
| निर्णय वर्ष / मिति | 2017/10/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१८, नि.नं. 125 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
