नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 140 · वि.सं. २०१८
नि.नं. 140 — खुन (ज्यान)
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) यसैले यसो गरी दिएको भन्ने कुराको एकै मुख भएमा फलाना फलानै कारणबाट फलानै ठाउँमा भन्ने कुरामा दुई राय नभएमा – र “आगोमा हाली पोली दियो” भन्ने शब्दबाट आगो सल्की गरेको अर्थ नआउने कामातुरबाट मानसिक स्थितिमा बाधकलाई जे गर्न पनि सम्भावना हुने । खुन जस्तो फौज्दारी मुद्दामा नियत र मनसायको धेरै महत्व हुने । आइमाईको बयानको कुरामा आगोमा हालेको समयमा केही फरक देखिए पनि यिनै सिपाहीहरूले नै पोली दिएको कुरामा सबैको एकैमुख भएको । मर्नेकी आमा आफ्नो छोरा हेर्न लिन जाने बिषयमा बयानहरूमा केही कुरा फरक परेको हकमा ८ जना मध्ये ६ जनाको बयानमा स्वास्नी मानिसहरूले घर गई भनेपछि नै आमा गएकी । उसमा पनि पुलिसमा पहिला रिपोर्ट दिने मर्नेकी बाबुले आफ्नो जहानहरूबाट नै कुरा सुनी थाहा पाई छोरी बुहारीले भन्न आएपछि आमा गएको भनेको नै भएकोले त्यतिको फरक परेको भन्न नहुने । मुख्य आरोप लगाइएका सिपाहीहरू त्यति रातको बीच आफ्नो क्याम्पको अडर उर्दी मिची सो वारदात भए गरेको खला–गरामा लुकी छिपी गएकोमा साबितै रहेको । त्यस्तो आफू र आफ्नु नोकरीमा समेत धक्का पुग्ने किसिमको काम साधारण रूपले नै गर्यो होला भन्न नमिल्ने । उजुरवालाहरूको यिनै सिपाहीहरू सित केही अधिको रीसइवी थियो भनी कतैबाट देखिन नआउने । तसर्थ, ति आइमाईहरूले आफूहरुमाथि त्यस्तो बेईज्जत हुने कुरा बनाई झुट्टा आरोप लगाउने कारण देखिन नआएको । मर्नेकी आमाले घटनास्थलबाट छोरा ल्याएपछि पुलिस कारवाई पट्टी नगई प्रथमतः त्यहि फुश्रे मलाया क्याम्पमा नै गई उजुरी गरेको कुरा मेजर मानशेर राईको बयानबाट पनि देखिन आएको । निज सिपाहीहरूको बयानबाट वारदात भएको दिन बेलुकी ४ बजेको टायममा सर्दुखोलामा नुहाउँन गएको बखत राइनी केटीहरूले भरे राती तपाँईहरू खलामा आउनु भनेबाट गएको र सबै मिली रक्सीहरू खाएको देखिएको र त्यसपछि करणीको कुरा बिषय ति आइमाईहरूको बयानमा किटानसाथ उल्लेख भएकोले त्यस्तो कामातुरको अबस्थामा पुगेपछि त्यसमा बाधक हुनेलाई जे गर्न पनि सम्भावना हुन जाने । पोष्टमार्टम रिपोर्टबाट मर्ने चंखे आगाले नै पोली मरेको र दुबै पक्षका कुराबाट पनि मर्नको कारण घटनास्थल इत्यादि कुरामा २ राय नभएको र मर्ने चंखेले आमालाई आगोमा हाली पोली दियो भन्ने कुराबाट पनि आफै आगो सल्की डढी मरेको भन्ने अर्थ गर्न नमिल्ने । यस्तो खुन जस्तो फैजदारी मुद्दामा नियत र मनसायको पनि धेरै महत्व हुने । त्यस्को सम्भावनाको बिचार गर्दा वादी तर्फबाट प्रतिवादी सिपाहीहरूले जिकीर लिए जस्तो बदनाम गराउने नियतबाट नै गरेको हो कि ? भन्नालाई त्यस्तो आगामा पोली छोरो मरणासन्न भएको अबस्थामा छोरोको ज्यान औषधी उपचारको आशा समेत लिई जाने आमाले सो मलाया क्याम्पमा पुगेपछि नभए नगरेको आरोपको कुरा गर्न जानु स्वभाबिक नदेखिने र उसमा पनि छोरालाई घटनास्थलबाट वर ल्याएपछि अरु निहित स्वार्थ भएका व्यक्तिहरूसँग मर्नेको आमाको राय सल्लाह भेटघाट मुलाकात भए गरेको न कसैको जिकीर भएको न कतैबाट देखिन आएको । उता प्रतिवादीहरू पट्टीको सम्भावना बिचार गर्दा माथि उल्लेख भए बमोजिम कामातुर भईसकेको मानसिक स्थितिमा बाधकलाई जे गर्न सक्ने पनि सम्भावना रहने भएकोले र सर्वोच्च अदालत डिभिजन बेञ्चको २०१६।५।२८।१ मा भएको फैसलामा लेखिएका बुँदा प्रमाणबाट समेत प्रतिवादीहरूले आगोमा हाली डढाई दिएका पीरबाट चंखेबहादुर मरेकोले निवेदक प्रतिवादीहरूलाई दामल गर्ने ठहराई छिनेको सो सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मुनासिब छ । (प्रकरण नं. १५) (सर्वोच्च अदालत डिभिजन बेञ्च २०१६।५।८।१ को फैसला हेर्नोस् प्रकरण नं. १४ मा !)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 140 |
|---|---|
| मुद्दाको विषय | खुन (ज्यान) |
| निर्णय वर्ष / मिति | 2018/01/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१८, नि.नं. 140 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
