नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 154 · वि.सं. २०१८

नि.नं. 154 — जग्गा बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भए गरेको काम कुरा फलाना ऐन सवाल अन्तर्गत भएको भन्ने सबुद गुजार्न पर्ने – सबुद गुजार्न नसके सवाल अन्तर्गत भएको भनि भन्न नमिल्ने । बाँकी तिर्न नपर्ने भनी विसुनिको उजुरीबाट मुद्दा हुँदै गई भारदारीबाट ९८।१२।१४ मा बाँकी तिर्नै पर्ने ठहराई आखिरी फैसला भएको देखिनाले सो फैसला नहुँदै बीच बीचमा थुनी मौजे पिपरियाको जग्गा बिगाहा ३६।–।। ४ कं. रु. २३७४।–।।२ मा. पं हर्षनाथले सकार गरेकोले निजलाई दिएको देखिएको सवाल बमोजिम पोत बाँकीमा लिलाम बडाबड गरी कसैले सकार नगरी जिम्दारी तालुक हुन आई बन्दोबस्त गरेको भन्ने मालका जवाफबाट नदेखिएको । सो बाँकी बारेमा भारादारीबाट फैसला भएको मिसिलमा रहेको फर्मायसी बिर्ता मालका रिपोर्टबाट पिपरियाको जग्गा ९४।२।१० मा लिलाम गर्दा कसैले सकार नगरेको भन्ने लेखिएको देखिनाले सो लिलाम बिषयको श्रेस्ता फाराम झिकाएमा दाखिल गर्न नसकी बगहीको जग्गा लिलाम गरेको ९८ सालको लिलामी मुचुल्का दाखिल भएकोले फेरि भएका कागजपत्र लिइ आउनु भनी साहेबज्ूका रानी छोराका नाउँमा म्याद जारी गरी पठाउदा साहेबज्यू कृष्णविक्रम शाहाले वारिस गरी पठाएको ख. प्रेमनाथले पनि सो पिपरियाको जग्गा महारानीले पं. हर्षनाथलाई बन्दोबस्त गरी दिएको सदर हुने कुनै ऐन सवाल भएको भन्ने समेत सबुद दिन गुजार्न नसकेको । (प्रकरण नं. ४) (२) कस्तो लिलाम ऐन सवाल बर्खिलाप ठहरिने र ऐन सवाल बर्खिलापको लिलाम सदर मान्न नहुने । बगही जग्गा बिगाहा २८।।३ लिलाम गर्नलाई ९८।९।१४ को तारिख मुकरर गरी ९८।८।२३ मा म्याद टाँस गरेकोमा सो दिन लिलाम बडाबड नगरी ९८।९।१९।६ मा मात्र लिलाम गरेकोले बेतारिखमा लिलाम गरेको देखिन आएबाट ऐन सवालको रीत पुगी भएको लिलाम भन्न नभई बेरीतको लिलाम देखिन ठहर्न आएकोले त्यस्तो ऐन सवाल खिलापको लिलाम सदर मान्न नहुनेमा पनि बाँकी तिर्न पर्ने अन्तिम ठेगाना लागी भारदारीबाट ९८।१२।१४ मा फैसला भएको देखिएकोले विसुनीले विरगन्ज गोश्वारा उपर अपील गरेको किनारा नलागी मुद्दा दायर रहेको गोश्वाराका फैसलामा अपील म्याद नाघेपछि लिलाम गर्ने भनी लेखिएको भएपछि गोश्वाराका फैसला लेखाइबाटै गोश्वारा उपर परेको अपील किनारा नभएसम्म लिलाम गर्न नहुने देखिंदा गोश्वाराको फैसला बमोजिम भनी लिलाम गरेको सदर मान्न नहुने हुनाले समेत लेखिएको कारण प्रमाणबाट ऐन सवालको अंग रीत नपुगी बेरीत देखिएको लिलाम सदर गरी दिंदा ऐन सवालको मर्यादा नरहने । अन्याय पर्न जाने समेत हुँदा सो लिलाम सदर मान्न नहुने भई सो लिलाममा लिएको सदर नहुने र बगही बिर्ता बिगाहा ६।४ बिर्ता जग्गाको मोल बाँकीवालालाई मिन्हा दिई बिर्ता मालमा लगत कसी रैकर जग्गा पं. हर्षनाथका नाउँमा नम्बरी बन्दोबस्त गर्नु भन्ने श्री ले. ज. नारायण शम्शेर जंगबहादुर राणबाट तोक सदर भइ सो बमोजिम मालमा दर्ता गरी हर्षनाथलाई बन्दोबस्त गरेको भन्ने मालको जवाफ हुँदा तोक सदर बमोजिम रैकरमा दर्ता गरी सो जग्गा सलामीमा बन्दोबस्त गरेको सदर भन्नालाई पनि सो माथि लेखिएको पिपरियाको र बगैका रैकर जग्गा र सो बगही बिर्ता जग्गा समेत ऐन सवाल बमोजिमको रीत पुर्‍याई लिलाम गर्दा बाँकीमा कसैले सकार कबोल नगरी बाँकी रहेमात्र रैकरमा लगत कस्नु पर्नेमा लिलामै नगरी रैकरमा लगतमा कसी सलामीमा बन्दोबस्त गरेको देखिनाले सो बिर्ता जग्गाको ऐन बमोजिम मोल बाँकी भर्ना गरी सलामीमा तोक सदर बमोजिम बन्दोबस्त गरेको पनि ऐन सवालको रीत अंग पुगी न्यायोचित रूपले काम कारवाई भएको भनी सदर मान्न नहुने । (प्रकरण नं. ४) (३) धनी, अड्डा र रैयत ऐनको दृष्टिमा समान – न्यायिक दृष्टि अपनाउनु पर्ने । १ सालको बाँकी हुनासाथ टाँस गरी लिलाम बडाबड गरी बाँकी उपर गर्नु भन्ने ऐन सवाल भएको । सो बमोजिम गरिदिएको भए धेरै बक्यौता रहन नगइ तिर्ने रैतिलाई र असुल गर्नेलाई गर्न समेत यतिसम्म गाह्रो नपर्ने । यस्तो अबस्थामा सोही १ सालको बाँकी रहेकोमा गर्ने सवाल लगाई टाँस लिलाम गरी दिंदा धनीले र अड्डाले भने ऐन सवाल नमिलाए पनि हुने रैयतले भने ऐन नमिलेको कुरामा पनि आफ्नो हानी सहनु पर्ने हुन गइ उजुर गर्ने बाटो रहने हुँदा धेरै बर्षको बक्यौता सबै चुक्ति गरी असूल गर्नालाई मुनासिब माफिक टायम दिन न्यायका दृष्टिले करै लाग्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.154
मुद्दाको विषयजग्गा बाली
निर्णय वर्ष / मिति2011/08/20
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 154
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्